नवप्रतिभा माविको आयोजनामा गणित र विज्ञानसम्वन्धी हाजिरीजवाफ सम्पन्न


मेचीकाली

पाँचखाल–नवप्रतिभा माध्यामिक विद्यालय पाँचखाल ६ को आयोजनामा अन्तरविद्यालय गणित रविज्ञानसम्वन्धी हाजिरीजवाफ प्रतियोगिता आज सम्पन्न भएको छ । 

प्रतियोगितामा पाँचखाल नगरपालिकाभित्र रहेका सामूदायिक एवं संस्थागत विद्यालयका साथै मण्डनदेउपुर नगरपालिकाभित्र रहेका संस्थागत विद्यालयसमेतको सहभागिता रहेको थियो । पतियोगितामा सामूदायिक तर्फ ५ र संस्थागततर्फ ५ गरी १० वटा विद्यालय सहभागी थिए । रोशन रोक्का, रोशन काफ्ले र प्रभात पन्तले सञ्चालन गरेको प्रतियोगिताको छनोट चरणपछि ४ वटा विद्यालय फाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगितामा पाँचखाल भ्याली सेकेण्डरी स्कुल प्रथम, आजाद माध्यामिक विद्यालय बालुवा दोस्रो र झक्रमदेवी मावि तेस्रो भएका छन् । प्रतियोगितामा विजयी विद्यालयका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरोजकुमार पराजुली र प्रिन्सिपल सरोज न्यौपानेले मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरे । विद्यालयलले हरेक वर्ष आयोजना गर्नेगरी रनिङ शिल्डको रुपमा गणित र विज्ञानको क्वीज सञ्चालन गरेको प्रिन्सिपल सरोज न्यौपानेले जानकारी दिएका छन् ।   


प्रतिक्रिया



थप समाचारहरु