दुई किलो मलका लागि दिनभर लाइन !


मेचीकाली

पनौती (काभ्रे)–काभ्रेको पनौती नगरपालिका वडा नं. १ का किसानले दिनभर लाइन बसेपछि दुई किलो युरिया मल पाएका छन् । लाइन बसेका मध्ये पनि आधा भन्दा बढी किसान भने खाली हात फर्कन बाध्य भएका छन् । 

पनौती १ रयालेमा रहेको जन इच्छा कृषि सहकारी संस्थाले आफूलाई प्राप्त युरिया र डिएपी मल आज दिउँसो साढे १ बजेदेखि वितरण गर्ने भन्दै किसानलाई खबर गरेको थियो । मल पाउनका लागि स्थानीय किसानहरु बिहान ९ बजेदेखि नै बर्षाको समेत परवाह नगरी संस्थाको कार्यालयमा लाइन लागे । किसानहरु साढे चार घण्टा लाइन बसेपछि सहकारीले १ सय ५० जना किसानलाई दुई किलोका दरले युरिया मल वितरण गरेको छ  । किसानले डिएपी मल भने १० किलोका दरले पाएका छन् । झण्डै ३ सय जना किसान मल लिनका लागि पुगे पनि थोरैमात्र मल आएपछि १ सय ५० जना किसानलाई सहकारीले मल वितरण गरेको छ । बाँकी किसान भने खाली हात घर फर्कन बाध्य भए । 

पनौती नगरपालिका बागमति प्रदेश सरकारका कृषि मन्त्री बसुन्धरा हुमागाईंको गृह नगर हो । आफू मन्त्री पदमा नियुक्त भएदेखि नै हुमागाईंले किसानलाई समयमै मल उपलव्ध गराउने, मल कारखाना सञ्चालन गर्ने  लगायतका दाबी गर्दै आएका थिए । तर, सिजनमै मल नपाएपछि हुमागाईंको आलोचना हुन थालेको छ । 



प्रतिक्रिया



थप समाचारहरु