अहिलेसम्मकै 'विशाल र ऐतिहासिक' जनसभापछि युवाहरु डेडीथुम्का सरसफाई अभियानमा


होमप्रसाद चौंलागाँईं

मण्डनदेउपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुरु भएको थियो । नेपाल भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल– ‘झुलाघाट’मा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य–चन्द्र अङ्कित राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गरेका हुन् । 

स्थानीय झाँकी बाजागाजा र नारा जुलुससहित ओलीले झन्डोत्तोलन गरेका थिए । यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । ‘पार्टीले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्राका रूपमा परिभाषित भएको छ । यो यात्रालाई एउटा संवादको यात्राको रुपमा लिइएको छ । यो यात्रा अध्ययनको यात्रा हो । नेपाली जनताको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने सङ्कल्प यात्रा हो । जसलाई नेकपा एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ । 

यात्रालाई मध्य पहाडी भूभागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सिप विकासको अध्ययनबारे जनतासँग संवाद गर्ने बताइएको छ । एमालेले पुष्पलाल मध्य पहाडी राजमार्ग अन्तर्गतका २६ वटा जिल्लाको करिब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्ने उद्देश्यका साथ अगाडी वढेको हो ।

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ शुरु भएको ‘झुलाघाट चिवा भञ्ज्याङ ,समृद्धिका लागि सङ्कल्प यात्रा’ मा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेताहरू सहभागी छन् । 

उक्त यात्राको निरन्तरताको क्रममा मंसिर २४ गते विहान नुवाकोटबाट हिंडेको अभियान्ता टोली साँझपख काभ्रेको मण्डनदेउपु स्थित कुन्तावेसी आइपुगेको हो । १२ बजेदेखि प्रतिक्षारत जनताहरु के.पी. ओली सहितको एमाले नेतृत्वलाई स्वागत गर्न लालयित थियो । १० औं हजार जनताको पर्खाइको सपना साँझ ५ ः०० बजेसम्मको लागि धकेलिएको  थियो ।

कुन्तावेसीको डेडीथुम्का प्राङ्गण परिसरमा भएको जनसभा साँझ ७ बजेतिर सम्पन्न भएको थियो । संयोगले त्यसैदनि बेलुकी बत्ती बाल्ने र भोलीपल्ट विहान सतबीज छर्ने औंसी समेत परेकोले त्यहाँ केहि बेरको लागि अस्तब्यस्तता हुनु र केहि फोहोर हुनु स्वभाविकै थियोे । त्यस विषयमा स्थानीय पार्टीले सोच बनाइरहेको थियो ।

जसानुसार त्यसको ब्यवस्थापनको लागि नेकपा एमालेको भातृ संगठन ‘राष्ट्रिय युवा संघ नेपाल, मण्डनदेउपुर’ले २५ गते विहानै अभियान चलाएको हो । डेडीथुम्का र कश्यपेश्वर महादेव मन्दिर परिसर सरसफाई अभियान चलाएको युवा संघले हिजोको कार्यक्रम स्थाल चिरिच्याट्ट पारेकोे छ । 

सरसफाइकै क्रममा युवा विद्यार्थीहरुले मन्दिर आसपासको स्थानीय जनसमुदायलाई र हिजोको कार्यक्रम भब्य, सभ्य र घनिभूतको साथै ऐतिहासिक बनाउन सहयोग गरेका सम्पूर्ण महानुभावहरुलाई आपूmहरु मार्फत पार्टीको तर्फबाट समेत धन्यवाद दिएको राष्ट्रिय युवा संघ नेपाल मण्डनदेउपुरका अध्यक्ष सुमन ढकालले बताएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु