काभ्रेको फूलबारीमा रिसोर्ट चलाउँदै आएकी जर्मन महिला ललितपुरमा मृत अवस्थामा भेटिइन्


मेचीकाली

काभ्रे–काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ फूलबारीमा रिसोर्ट सञ्चालन गर्दै आएकी जर्मन महिलाको लडेर निधन भएको छ । 

जर्मन नागरिक एडेलहेड स्नेकेनबर्गर आज बिहान ललितपुरको ग्रिनतारा हेरिटेज एन्ड अपार्टमेन्टको कोठाभित्र मृत फेला परेकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनको निधन लडेर भएको देखिएको छ । यद्यपि पोष्टमार्टमपछि यसबारे थप जानकारी आउने प्रहरीले जनाएको छ । 

५७ वर्षीया ती महिलाले करिब ७ वर्षदेखि फूलबारीमा ‘विशुद्ध आलय’ नामको रिसोर्ट चलाउँदै आएकी छन् । दुबै मृगौला फेल भएकी उनी ललितपुरमा अपार्टमेन्टमा बसेर डाइलासिस पनि गराइरहेकी थिइन् । उक्त अपार्टमेन्टमा एक वर्षदेखि उनी बसिरहेको बताइएको छ । 

उनको रिसोर्टको बेवसाइटका अनुसार उनी अर्थशास्त्री हुन् र चिनिया अध्ययाको स्कलरसमेत हुन् । आठ वर्षदेखि उनी नेपालमा बसिरहेको वेबसाइटमा उल्लेख गरिएको छ । उनको रिसोर्टमा विशेषगरी योगामार्फत उपचारसमेत गरिन्थ्यो, उनी स्वयं योगा शिक्षिका हुन् । 


प्रतिक्रिया



थप समाचारहरु