‘लक्ष्य’को सम्झनामा फूटबल हुँदै


मेचीकाली

पनौती–पनौतीमात्रै नभई काभ्रे जिल्लामै फूटबलको विकासका लागि बाँचुन्जेल लागिपरेका स्वर्गीय लक्ष्मीनारायण खिंबञ्जार (लक्ष्य)को स्मृतिमा पनौतीमा फूटबल प्रतियोगिता हुने भएको छ ।

आफ्ना पूर्वअध्यक्ष स्वर्गीय लक्ष्मीनारायणको स्मृतिमा मानेश्वरी ब्जाइज क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो । लक्ष्मीनारायण (लक्ष्य) स्मृति खुला फूटबल २०८१ नाम दिइएको प्रतियोगिता आउँदो फागुन ३ गतेदेखि पनौतीमा रहेको क्षेत्रीय रंगशालामा सुरु हुनेछ । प्रतियोगिताको सहआयोजकको रुपमा पनौती नेपाल र विश्राम समाज रहेका छन् ।

प्रतियोगितामा काभ्रे र छिमेकी जिल्लासहित अन्य जिल्ला र ए डिभिजन तथा विभागीय गरी १६ भन्दा बढी टिमले सहभागिता जनाउने आज आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विजयी हुने टिमले २ लाख नगद पुरस्कार र ट्रफी हात पार्नेछ भने दोस्रो हुनेले १ लाख नगद पुरस्कार र ट्रफी हात पार्नेछ । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर लगायतले पनि नगद पुरस्कार पाउनेछन् । पनौतीमा फुटबलको विकास गर्न, खेल पर्यटनको विकास गर्न, काभ्रे जिल्लालाई दुव्र्यसनमुक्त जिल्ला बनाउने लगायतका उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए । 

पत्रकार सम्मेलनमा सहआयोजक विश्राम समाजका अध्यक्ष ओमकृष्ण श्रेष्ठले प्रतियोगिता आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए भने अर्को सहआयोजक पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

यस्तै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पनौती–७ का वडाअध्यक्ष सविन ताम्राकारले प्रतियोगिता सफलताको कामना व्यक्त गरे ।

को हुन् लक्ष्य ?

लक्ष्य भनेर चिनिएका लक्ष्मीनारायण खिंबञ्जार मानेश्वरी व्वाइज क्लबका पूर्वअध्यक्ष हुन् । आफ्नो जीवन नै खेलकुद र पनौतीको विकासमा समर्पण गरेका उनको निधन २०८० फागुन ६ गते भएको थियो । पनौती युवा क्लब, महालक्ष्मी युवा क्लब, काभ्रे जिल्ला फुटबल संघमा दुई कार्यकाल सचिवको रुपमा कार्यरत रहेका उनले मानेश्वरी व्वाइज क्लबका साथै विश्राम नेपालमा समेत अध्यक्षको रुपमा काम गरिसकेका थिए । दर्जनौ फूटबल प्रतियोगितामा समेत सहभागिता जनाएका उनले विभिन्न सम्मानहरुसमेत प्राप्त गरेका थिए । 


प्रतिक्रिया



थप समाचारहरु

 

भालचन्द्र माविको भवन उद्घाटन