यस्तो छ एमाले अधिवेशन तयारी : क्युआरसहितको प्रतिनिधि कार्ड, मतदानमा भोटिङ मेसिन


मेचीकाली

बनेपा-धुलिखेलमा हुने नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा  विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । आगामी पौष २३ गते धुलिखेलमा हुने अधिवेशनमा निर्वाचनको तयारी स्वरुप ४० वटा मेशिनको प्रयोग गरिने कार्यालय सचिव हरिकुमार मैनालीले बताउनुभयो । 

उहाँले पौष २३ गते सुरु हुने अधिवेशनमा पहिलोपटक विद्युतीय मतदान हुन लागेको जनकारी दिनुभयो । एमालेको विधानअनुसार सबै पदमा निर्वाचन भएमा प्रतिनिधीले मेशिन मार्फत मतदान गर्नेछन् । विधानले निर्देशन गरे अनुसार जिल्ला अध्यक्षदेखि विभिन्न आयोगसम्ममा मतदान गर्नुपर्नेछ । काभ्रेमा महाधिवेशनमा १ हजार ५ सयको हाराहारीमा अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । यद्यपी काभ्रेमा सर्वसम्मतलेनै नेतृत्व चयन हुने सम्भावना रहेको मैनालीले बताउनुभयो । ‘सकेसम्म जिल्लाका सबै पदमा सर्वसम्मतको प्रयास भैरहेको छ तर निर्वाचन हुने अवस्थामा हामी तयारी हालतमा रहेका छौ’ मैनालीले थप्नुभयो ।

प्रतिनिधीलाई डिजिटल क्युआर कोर्ड 

एमाले काभ्रेले प्रतिनिधीको कार्डमा उच्च प्रविधीको प्रयोग गरेको छ । प्रतिनिधीलाई क्युआर कोडसहितको कार्ड उपलब्ध गराउँदै त्यसलाई स्क्यान गरेर मात्रै सभास्थलको बन्द  सत्रमा छिर्न पाउने व्यवस्था एमालेले गर्न लागेको हो । कार्ड स्क्यान गरेपछि उसको सबै विवरण कम्युटरको स्क्रिनमा देखिने गरि काम भैरहेको मैनालीले बताउनुभयो ।

१३ स्थानीय तहमा तयारी बैठक 

एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको लागि काभ्रेका १३ वटा नै स्थानीय तहले तयारी थालेका छन् । एमाले काभ्रेको जिल्ला अधिवेशनमा कम्तिमा ५० हजारको उपस्थितीमा धुलिखेल रंङ्गशालामा गर्ने अधिवेशनमा तयारीमा काभ्रेका १३ वटा स्थानीय  तहले तयारी थालेका छन् । प्रत्येक स्थानीय तहले हजारौको संख्यामा कार्यकर्ता ल्याउने तयारी थालेका छन् । सोही अन्तरगत बनेपा नगरपालिकाले बृहत कार्यकर्ताको भेला समेत गरेका छन् । बनेपामा एमालेका पोलिटव्यूरो सदस्य एंव काभ्रेका इन्चार्ज गोकुल बाँस्कोटा, जिल्ला अध्यक्ष अशोक व्याञ्जू, बनेपाका मेयर लक्ष्मीनरसिंह वादे श्रेष्ठको उपस्थितीमा भेला गरेको छ । 

कहाँबाट कतिको सहभागिता 

एमालेको १० जिल्ला अधिवेशनको जनपरिचालन उपसमितीका संयोजक कंचन अधिकारीले काभ्रेका १३ वटानै स्थानीय तहबाट हजारौंको संख्यामा जनसहभागिता गराउने भएको छ । 

उहाँका अनुसार बनेपाबाट ५ हजार, पनौती ५ हजार, धुलिखेल ५ हजार, पाँचखाल ३ हजार, मण्डनदेउपुर ५ हजार, नमोबुद्ध २५ सय, तेमाल २ हजार, बेथानचोक १ हजार, भुम्लु १ हजार, रोशी १ हजार, महाभारत ३ सय र  खानीखोलाबाट कम्तिमा ५ सयको जनसहभागिता धुलिखेलमा गराउने भएको छ । 




प्रतिक्रिया



थप समाचारहरु