विश्व युवा महोत्सवबारे अभिमुखीकरण, युवा साहस र परिवर्तनको संवाहक हो : बाँस्कोटा


मेचीकाली

धुलिखेल–आगामी चैत १४ गतेदेखि १८ गतेसम्म अर्थात मार्च २७ देखि ३१ सम्म काभ्रेमा विश्व युवा सम्मेलन हुँदैछ । चौतर्फी चासोको विषय बन्दै गएको महोत्सवबारे आज धुलिखेलमा हजारैं युवाको उपस्थितिमा अभिमुखीकरण सम्पन्न गरिएको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा जिल्लाका जनप्रतिनिधिहरुले शुभकामना दिँदै युवा महोत्सव सफलताको कामना गरे । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले हरेक ठूला परिवर्तनमा युवाले नै अगुवाई गरिरहेको भन्दै े–‘संसार बदल्ने तागत भएका युवाहरुलाई उत्पादन र आविश्कार तर्फ सहभागि गराउनु पर्ने बताए । उमेरले भन्दा सोचले युवा हुने बताउँदै बाँस्कोटाले विश्व यूवा महोत्सव आयोजना गर्ने दुस्साहस गरेकोमा धन्यवाद ब्यक्त गरे । युवाहरु कापबाट निस्केका पिपल जस्ता भएकाले उनिहरुको चेतना र विकासलाई कसैले रोक्न नसक्ने पुर्व मन्त्री बाँस्कोटाले बताए ।

कार्यक्रममा बागमति प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री तीर्थ लामाले युवा महोत्सव युवा र काभ्रेका लागि ठूलो अवसर भएको बताए । यस्तै अर्का प्रदेश सांसद तथा पूर्वमन्त्री रत्न ढकालले युवा नीति निर्माण गरिएको, युवा लक्षित कार्यक्रम संचालन गरिएको र युवाहरुलाई केन्द्रित गरेर पलायनता र निराशा रोक्ने कार्यक्रम प्रभावकारी रुपले संचालन गर्न तीन तहकै सरकार केन्द्रित रहेको बताए ।

जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले सम्मेलनबाट नेपाल, नेपालको संस्कृति तथा जलवायु परिवर्तन लगायतका ५० भन्दा धेरै विद्यामा २ सय भन्दा धेरै बक्ताहरुले जानकारी गराउने र १० हजार भन्दा धेरै युवाहरु सहभागि हुने बताए । युवा सम्मेलनको उद्घाटन सत्रमा १ लाख भन्दा धेरै युवाहरु सहभागि हुने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, काठमाडौ विश्वविद्यालयका गोकुल केसी, विदेशी डायना, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ लगायतले मन्तब्य राखेका थिए ।



प्रतिक्रिया



थप समाचारहरु