बेथानचोकद्वारा खेलाडी खत्रीलाई सम्मान


मेचीकाली

ढुंखर्क -अक्टोबर १९ देखि २१ तारिखसम्म बङ्गलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगततर्फसमेत गरी प्रतियोगितामा दुई ओटा पदक जित्नुहुने बेथानचोकका विष्णु खत्रीलाई गाउँपालिकाले नगद र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको छ । 

उहाँलाई गाउँपालिकाले एक कार्यक्रमबीच नगद रु. ५० हजार र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको हो । बेथानचोक–५ भंगालाका खत्रीले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नु भएको थियो । प्रतियोगितामा उहाँले पुम्सेमा रजत हात पार्न सफल भएका भएको थियो भने टिम पुम्सेमा विष्णु खत्रीसहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यको टिमले कास्यपदक मेडल हात पर्न सफल हुनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले विश्वस्तरको प्रदर्शन गर्दै गाउँपालिकाको मात्र नभई देशकै गरिमा बढाउनु भएकोमा खत्रीलाई धन्यवाद व्यक्त गर्दै उज्ज्वल खेल जीवनको कामना गर्नुभयो ।

यस्तै उपाध्यक्ष तारा राना तिमल्सिनाले खेलकुदको विकासका लागि गाउँपालिकाले लगानी गर्दै आइरहेको र प्रतिभा उत्पादन र प्रोत्साहनका गतिविधि गर्दै जाने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु १ देखि ६ सम्म क्रमशः मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, कुवेर ढकाल, कृष्ण बहादुर लामा, राजकुमार वाइबा तथा विष्णु तामाङले पदकधारी खेलाडी खत्रीलाई बधाई दिनुभएको थियो । सम्मान पश्चात कार्यक्रममा सम्मानित खेलाडी खत्रीले सम्मानले आफूलाई थप उर्जा र हौसला मिलेको बताउनुभयो ।


प्रतिक्रिया



थप समाचारहरु