वातावरण दिवसमा स्वेच्छा साकोसद्वारा डस्टबीन वितरण


रञ्जित बोहरा

पाँचखाल-विश्व वातावरण दिवसको अवसर पारेर स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाले डस्टविन वितरण गरेको छ।

पाँचखाल-४,तामाघाटमा कार्यालय रहेको उक्त संस्थाले पाँचखाल नगरपालिका भित्र रहेका विभिन्न विद्यालय,कलेज,मन्दिर लगायतका स्थानमा डस्टविन वितरण गरेको हो। दिवसको अवसरमा सर्वमंगला स्कुल तथा कलेज,अग्लेकोट २/२ थान,  भुवनेस्वरी मा बि, आंपघारी २ थान, नमस्ते इंग्लिस स्कुल, नागबेली २ थान, आजाद मा बि, बालुवा २ थान, नवप्रतिभा मा बि, ढुंगानाबेसी २ थान, जोरपाटी मा बि, तिन्पिप्ले २ थान, पाँचखाल भ्याली मा बि, तामाघाट २ थान,गोल्डेन फ्युचर मा बि,पाँचखाल २ थान,दुग्देश्वर मा बि, पाँचखाल २ थान, त्यसैगरी गोल्मादेवि प्रा बि,लामिडाँडा, नारायणस्थान नि मा बि,शिखरपुर,ओमशान्ती केन्द्र, काफ्लेडिही, श्रीकृष्णमन्दिर, तिन्पिप्ले, तामाघाट चर्च,तामाघाट, समाजकल्याण बालगृह,तामाघाट बोहोरेदोभान जाने चोक,तामाघाट र संस्थाको भवन संगैको चोकमा क्रमशः  एक एक थान गरी जम्मा २८ थान डस्टविन बितरण गरिएको संस्थाका अध्यक्ष ओमकार श्रेष्ठले जानकारी दिनुभयो।

सहकारीको मुल सिद्धान्त 'सह-कार्य' लाई आत्मसात गर्दै प्रायःजसो समुदायसंग जोडिनेगरी आफुहरुले विभिन्न कार्यक्रमहरु संचालन गर्नेगरेको जनाउँदै,आज बाताबरण दिवसको अवसरमा प्रत्यक्ष जनसरोकारका बिषयसंग जोडिएको स्वच्छ सफा समाजका लागि बिद्यालय, सार्वजनिक स्थान, मन्दिर लगायतका स्थानमा डस्टविन वितरण गरिएको र यसले समाजमा सकारात्मक सन्देश जानेमा आफू ढुक्क रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष,उपाध्यक्ष,सचिब,संचालक समिति सदस्यहरू,सल्लाहकार, व्यवस्थापक लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम