कट्टेलले पाए नेकपा: ओली पक्ष दंग, प्रचण्ड– नेपाल झसंग


Mechikali

काठमाडौं–पुनर्स्थापित संसदको बैठक बस्नु केहीबेरअघि सर्वोच्च अदालतले नेकपा विवादमा महत्वपूर्ण फैसला सुनाएको छ । अदालतको फैसलासँगै केपी ओली र प्रचण्ड–माधव नेपालबीच चल्दै आएको नेकपा नामको विवादसमेत किनारा लागेको छ भने ऋषि कट्टेलले आफ्नो नेकपा फिर्ता पाएका छन् ।कट्टेलले आफ्नो नामको नेकपालाई निर्वाचन आयोगले ओली–प्रचण्डलाई दिएको भन्दै अदालतमा रिट दायर गरेका थिए । २०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन गरिएको थियो । एकीकरणपछि निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा एकीकृत दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो ।
दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्न ९ कात्तिक २०७५ को निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ ।

अदालतको फैसलापछि ओली पक्ष दंग परेको छ । ओली पक्षले अदालतको आदेशलाई सकारात्मकरुपमा लिँदा प्रचण्ड नेपाल पक्ष भने झसंग बनेको छ । प्रचण्ड तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष थिए । उनले आफ्नो पुरानो पार्टी पाउँदा उनीसँगै लागेका माधवकुमार नेपाल र झलनाथ खनालसहित उनीहरु निकट नेता कार्यकर्ता भने अब के गर्ने भन्ने अन्योलमा परेका छन् ।

प्रतिक्रिया



थप समाचारहरु