काभ्रेमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखियो


Mechikali

काभ्रे– सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई खारेज गरेपछि साविकको नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएपछि नेकपा एमाले समर्थक नेता तथा कार्यकर्ताले जिल्ला पार्टी कार्यालय काभ्रेको भवनमा नेकपा एमालेको बोर्ड राखेका छन् । सोमबार दिउँसो साविक नेकपा एमालेका जिल्ला उपाध्यक्ष अशोक ब्याञ्जु, सचिवालय सदस्य कञ्चन अधिकारी, कुमार तिमल्सिना, युवा संघका जिल्ला अध्यक्ष बिक्रम चौलागाँईलगायतका नेता तथा कार्यकर्ताको समूहले साविक नेकपा एमालेको पार्टी कार्यालयमा एमाले कै बोर्ड राखेका हुन् ।
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि साविकको नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा एमालेको बोर्ड हटाएर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को बोर्ड राखिएको थियो । आईतबार अदालतले नेकपालाई खारेज गरी ऋषी कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि सत्तारुढ नेकपा विभाजित भई एमाले र माओवादी केन्द्रमा विभाजित भएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु