निर्धारित मितिमा नै निर्वाचन सम्पन्न हुन्छ– मन्त्री ज्ञवाली


Mechikali

धुलिखेल– परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले निर्धारित मिति आगामी बैशाख १७ र २७ गते निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । धुलिखेल नगरपालिकाको ३५ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले निर्वाचनपछि नयाँ प्रतिनिधि सभा, नयाँ सरकार बन्ने र अहिले भईरहेका विकास निर्माणका कामहरुलाई निरन्तरता दिने बताउनुभयो ।
उहाँले २०७४ सालमा जनताले दिएको जनमतलाई केहि नेताहरुले आफ्नो कुर्सीको लागि भ¥याङ बनाएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री र राष्ट्रपतिलाई बिस्थापित गराउने षड्यन्त्रमा नेताहरु लागेको र देशमा विदेशी चलखेल तथा हस्तक्षेप बढाउनेतर्फ नेताहरु लागेकोले प्रधानमन्त्रीले प्रतिनिधि सभा भङ्ग गर्नुपरेको बताउनुभयो । उहाँले संवैधानिक निकाय, विभिन्न आयोगमा रिक्त रहका पदाधिकारी तथा राजदुत नियुक्तीमा नेताहरुले भागबण्डा खोजेको बताउनुभयो ।
उहाँले आगामी १०÷१२ दिनमा सर्वोच्च अदालत र संवैधानिक इजलाशले सरकारले अघि बढाएको ताजा जनादेशमा जाने कुरालाई सम्मान गर्ने विषयको टुङ्गो लगाउनेमा सरकार विश्वस्त रहेको बताउनुभयो । उहाँले आफुहरुले गल्ती गरेको भए दण्डित हुन तयार समेत रहेको बताउनुभयो । मन्त्री ज्ञवालीले सरकारले तीनवर्षको अवधिमा ६ हजार किलोमिटर सडक निर्माण, पाँच सय नयाँ पुल, फुसका छाना हटाई जस्ताको छानो बनाउने, दुई लाख ६० हजार बालबालिकालाई बिद्यालय भर्ना गराएर अभिभावकत्व लिने काम गरेको बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सच्चा लोकतन्त्र, देशभक्ति, प्रगतिको लागि, विकासको कामलाई थप गति दिनका लागि सामाजिक न्यायका लागि, राष्ट्रिय स्वाधिनताको रक्षा गर्नका लागि र विकास वा विनाश रोज्ने अठोट बैशाख १७ गतेको निर्वाचनले टुङ्गो लगाउने बताउनुभयो । उहाँले जसले देशमाथि विदेशीले परेड खेल्दा बोल्न सकेनन्, जसले देशको विकास र प्रगतिलाई अवरोध गर्ने पाटी र त्यसका नेताहरुले निर्वाचन जितेको खण्डमा देश अध्यारोतर्फ जाने दावी गर्नुभयो ।

प्रतिक्रिया



थप समाचारहरु