नेपाल पक्षमा नरहेको भन्दै विज्ञप्ती आउने क्रम बढ्यो


Mechikali

बनेपा– नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षको काभ्रे जिल्ला कमिटिको बिस्तारित बैठकले जिल्ला कमिटि तथा स्थानीय तहका पदाधिकारी चयन गरेको घोषणा गरेको दुई दिन बित्न नपाउँदै चयन गरिएका भनिएका व्यक्तिहरुले विज्ञप्ती जारी गर्दै आफुहरु गुटको पक्षमा नरहेको स्पष्ट पारेका छन् । आईतबार नेपाल पक्षले बनेपामा बिस्तारित बैठकको नाम दिँदै २०१ सदस्यीय पूर्ण जिल्ला कमिटि पूर्नगठन गरेको थियो । भेलामा जिल्लाका १३ वटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तोकेर सपथ ग्रहण समेत गराइएको थियो । उक्त बैठकले संगठन, प्रचार, महिला, मोर्चा संगठन, आर्थिक विभाग र स्कुल विभाग प्रमुख समेत तोकेको थियो ।
नेपाल पक्षले विभिन्न कमिटिमा राखेका व्यक्तिहरुले उक्त कार्यप्रति असहमति जनाउँदै आफु नेपाल पक्षमा नरहेको स्पष्ट पारेका हुन् । नेपाल पक्षले बेथानचोक गाउँपालिकाको सचिव पदमा चयन गरेका चेतनाथ तिमल्सिनाले मङ्गलबार विज्ञप्ती जारी गर्दै आफु एमालेको एकताको पक्षमा रहेको भन्दै असहमति जनाएका छन् । उनले आफु नेपाल पक्षमा रहेको भ्रममा नपर्न समेत अनुरोध गरेका छन् । यसैगरी नेपाल पक्षले जिल्ला सल्लाहकार परिषद्को रुपमा चयन गरेका पनौती नगरपाकिला–७ का लक्ष्मीनारायण ताम्राकार र गोपालदास सैँजुले सोमबार विज्ञप्ती निकाल्दै पार्टीको विभिन्न कमितिमा राख्दा आफुहरुको असहमती रहेको जनाएका हुन् । आफुहरुको सहमति बिना आफुखुसी राखिएको पदबाट अन्य साथीहरुमा भ्रम उत्पन्न भएकोले भ्रममा नपर्न अनुरोध गरेका छन् ।
यसैगरी सोमबार नै काभ्रेको नमोबुद्ध नगरपालिका–५ का कान्छामान तामाङ र राम बहादुर सिलवालले विज्ञप्ती जारी गर्दै नेपाल पक्षले राखेको कमिटिमा आफुहरुको असहमती रहेको उल्लेख गरेका छन् । नेपाल पक्षले तामाङलाई जिल्ला कमिटि सदस्य र सिलवाललाई जिल्ला सल्लाहकार परिषद्को सदस्यमा चयन गरेका थिए । उनीहरुले आफुहरु सुदृढ नेकपा एमालेको पक्षमा रहेको उल्लेख समेत गरेका छन् । नेपाल पक्षले विभिन्न कमिटिमा राखेर असहमति जनाएका व्यक्तिहरुको मदमलाई हेर्दा नेपाल पक्षमा लागेका नेताहरुले आफ्नो÷ आफ्नो क्षेत्रका व्यक्तिहरु मैले भने पछि नेपाल पक्षमा आई हाल्छ नी भनेर नियुक्त गरेको जस्तो देखिन्छ ।

प्रतिक्रिया



थप समाचारहरु