जित्छन् सुहाङले इलामेली जनताको मन !


होमप्रसाद चौंलागाँईं

नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्व, संविधान सभाका अध्यक्ष, नेपाका एमालेका उपाध्यक्ष स्व. सुवाशचन्द्र नेम्वाङको कान्छा छोरा सुहाङ, कानुन व्यवसायीका रूपमा बुबाको बिँडो थाम्दै आएका व्यक्ति हुन् । उनी बाल्यकालदेखिनै कानून व्यवसायहुँदै नेकपा एमालेको राजनीतिमा रुची राख्दै आएका व्यक्ति हुन् । राजनीतिलाई पेसा बनाउनु नहुने धारणा राख्दै आएका उनी राजनीति गर्ने व्यक्तिसँग आयआर्जनको लागि आफ्नै खालको छुट्टै पेसा हुनुपर्ने बताउँने गर्दछन् । 

इलाम क्षेत्र नं. २ को लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेसंगै सुहाङ नेम्वाङले आफू परिस्थितिजन्य हिसाबले नभएर युवाजन्य हिसाबले राजनीतिमा होमिन तयार भएको बताएका थिए । त्यतिमात्र नभएर इलामको अधूरो सपना पूरा गर्न मन, वचन र कर्मले नै इलामको सेवा गर्ने संकल्पित उद्देश्य सहित उभिएको बताउँदै आएका छन् ।

२०७९ मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा विजयी भएका सुवास नेम्वाङको निधनपछि रिक्त हुन पुगेको इलाम–२ मा एमालेले सुहाङलाई उम्मेदवार बनाउने निर्णय लिएको थियो । त्यसै अनुरुप उनले इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको जनतामाझ बताउँदै आएका छन् ।

उनले अझै थुप्रै वर्षहरु बुवाको साथमा रहेर सिक्ने, बुझ्ने र जान्ने आफूलाई लागेको भए पनि अकल्पनीय आकस्मिकता आइलागेकोले बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो पछ्याएर उहाँका ती अधूरा सपनाहरु पूरा गर्न तयार हुनुपर्ने अवस्था आएको बताएका छन् । बुवालाई राजनीतिमा साथ दिदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय रहँदै आएको भए पनि बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले आफूलाई पछ्याइरहेको उनको भनाइ छ ।

नयाँ वर्ष २०८० को शुरुवातीसंगै वैशाख १५ मा हुने उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट इलाम क्षेत्र नम्बर २ का उम्मेदवार बनेका नेम्वाङले आफ्ना बुवा सुवास नेम्वाङप्रति इलामेली जनताको आशा, भरोसा र विश्वासका कारण आफूले पनि राजनीतिलाई पछ्याउँदै आएको बताएका छन् । सुहाङले आफूलाई उम्मेदवार बनाउन सहयोग गर्ने पार्टी र नेतृत्वप्रति आभार व्यक्त गर्दै इलामेली जनताले देखाएको माया, सद्भाव र शुभेच्छाले जहिलेपनि पिरोली रहने बताउँदै आएका छन् । यस विचमा नेकपा माओवादीलेपनि नेम्वाङलाई सघाउने बताएको छ । 

अझै केही वर्ष इलमेली जनता र पार्टी राजनीतिमा लो प्रोफाइलमा बसेर बुवाकै साथमा रहेर सिक्ने, बुझ्ने रहर हुँदैपनि पनि अकल्पनीय आकस्मिकता आइलागेको स्मरण गर्दै ‘इलमेली वृद्ध बुवा आमाहरुले, नौजवान साथीहरूले र कलिला नानीहरूले देखेका सपनाहरू पुरा गर्न बुवालाई दरिलो साथ दिने कुरा बताएका छन् । सुहाङलाई आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले इलाम २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । 

प्रतिनिधिसभा निर्वाचन–२०७९ मा इलामेली आदरणीय जनताहरुले मेरो बुवा उहाँहरुको प्रिय नेता सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउनुभएको थियो । यसविचमा हामीलाई अकल्पनीय ब्रजपात आइलाग्यो । बुबाले भौतिक रुपमा हामीलाई छोडेर जानुभयो । उहाँको सिद्धान्त, विचार, सपना र संकल्पहरु हाम्रो साथमा रहे पनि भौतिक साथ छुट्न पुगेकोले उपनिर्वाचनको परिस्थीति आइलाग्यो । गएको निर्वाचनमा म बुवाको साथमा चुनावी अभियानमा थिएँ । यस क्रममा मैले बुवालाई आशीर्वाद दिने इलामेली वृद्ध बुवाआमाहरूको भावना नजिकबाट सुनेको थिएँ । उहाँहरुसंग लट्पटिएको र सुखदुःख थाहा पाएको छु ।

यस विचमा भबिष्यप्रतिको उज्यालो आशा सहित अहोरात्र निर्वाचनमा खट्नु भएका इलामेली नौजवान साथीहरुको अपेक्षा र चाहना बुझेको छु । सिंगो मुलु्कले नै आशा र भरोसा गरेको बुवाप्रतिको उच्च विश्वास र सम्मान सहित उहाँले भबिष्यप्रति राख्नु भएको आशा असाध्यै नजिकबाट थाहा पाएको छु । बुवाको काखमा आएर लुटपुटिदै ‘अल द बेस्ट’ भन्ने कलिला नानीहरुका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको छु । गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनु भएको त्यो आशा, अपेक्षा, भरोषा र विश्वास मेरो लागि भब्यता बनेको छ । 

यति भनिरहँदा केवल परिस्थीतिजन्य हिसाबले मात्रै आपूm उम्मेदवार तयार नभएको र मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको बताइएको छ । त्यो प्रतिबद्धता र अठोट सहित तयार भएकोले इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको बताइएको छ । उनको यो भनाई आज नेपाली राजनीतिमा प्रभावकारी ढंगले हेर्न थालिएको छ । 

सुवाशचन्द्र नेम्वाङ एउटा सिमित क्षेत्रको मात्र नभएर सिंगो मुलुकको नेतृत्व भएकोले विकास निर्माणको सन्दर्भमा पक्कैपनि एकाङकी बन्न सकेनन्पनि होला, त्यसको अलावा उनले सिंगो देशलाई दिएको राजनीतिक पाठबाट इलाम भन्ने वित्तिकै सुवाचन्द्र नेम्वाङ र सुवाशचन्द्र नेम्वाङ भन्ने वित्तिकै इलाम भनेर चिनिने स्थितिको सृजना भएको छ । त्यसको लागि सुवाशचन्द्र नेम्वाङको राजनैतीक इतिहासको जगमा टेकेर इलामको विकासमा सुहाङ कोसेढुंगा बन्नु पर्दछ ।

सुहाङ, राजनीतिमात्र नभएर कानून र युवाजन्य सन्दर्भ समेत बुझेको मान्छे भएकोले यति बेला उनिप्रति इलामसहित सिंगो देशको आशा छ । युवाजन्य हिसाबले केन्द्रित हुनु पर्दा नेम्वाङभन्दा युवा उम्मेदवार अरु को नै हुन सक्छर ! उनी युवा भित्रकोपनि युवा प्रतिनिधि हुन् । यसरी हेर्दा सुहाङ नेम्वाङ इलाको मात्र नभएर सिंगो देशले खोजेको युवाजन्य नेतृत्व साबित हुनेछ । इलामको उप–निर्वाचनबाट एमालेमा युवा प्रतिनिधित्वको फराकिलो राजमार्ग खुल्नेछ । त्यसतर्फ उनको यात्रा सफल, प्रभावकारी र गन्तब्यनिष्ठ बन्न सकोस्, शुभकामना !


प्रतिक्रिया



थप समाचारहरु