धुलिखेलको नगर प्रमुखमा व्याञ्जु, गठवन्धनलाई लज्जास्पद भोट


मेचीकाली

धुलिखेल–धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोक ब्याञ्जु विजयी भएका छन् । नेकपा एमाले काभ्रेका अध्यक्षसमेत रहेका व्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्षसमेत हुन् । 

जिल्लामा सबैभन्दा बढी चासोको रुपमा हेरिएको धुलिखेलमा कांग्रेस समर्थित स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै ब्याञ्जु दोस्रो कार्यकालका लागि धुलिखेलको मेयरमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका नगर सभापतिसमेत रहेका बस्नेतले गठवन्धनको क्रममा धुलिखेलको नगर प्रमुख एकीकृत समाजवादीले पाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । पार्टीले कार्बाही गरे पनि उनलाई जिताउन कांग्रेसका नेताहरुले आन्तरिक सर्कुलर गरेका थिए । सोही कारण चुनावको क्रममा कांग्रेसका अन्य उम्मेदवार र नेता कार्यकर्ताले समाजवादीको कलम चिन्हमा मत नहाली स्वतन्त्र उम्मेदवार बस्नेतको जेब्रा चिन्हमा मत मागेका थिए । सोही कारण गठवन्धनका आधिकारिक उम्मेदवार १८१९ मत मात्रै पाए । नगर प्रमुखमा निर्वाचित व्याञ्जुले ८३५१ मत पाए भने बस्नेतले ७४११ मत पाए । 

धुलिखेलको उपप्रमुमा कांग्रेस उम्मेदवार निराजन जंगम निर्वाचित भए । जंगमले ७९३८ मत पाए भने एमाले उम्मेदवार लालतारा अधिकारीले ७७९१ मत पाइन् । 


प्रतिक्रिया



थप समाचारहरु