इन्टरनेटको मुल्य घटाउन सरकारले चासो दिएन : बाँस्कोटा (भिडियोसहित)


मेचीकाली

काठमाडौं–पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले इन्टरनेटको भाउ घटाउन कुनै चासो नदिएको दाबी गरेका छन् । 

प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा विनियोजन विधेयक २०७९ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयतर्फ आफूले प्रस्तुत गरेको खर्च कटौती प्रस्तावबारे बोल्दै पूर्वमन्त्री इन्टरनेटको मुल्य ८ डलरभन्दा पनि तल झरिसक्दा पनि त्यसलाई घटाउनका लागि कुनै पहल नगरेको बताए । उनले सरकारले ७ सय ५३ पालिकामा फिक्स ब्रोडव्याण्ड कनेक्टिभिटीको व्यवस्था गर्नुपर्नेमा एक बर्षमा जम्मा २५ वटा पालिकामा मात्रै व्यवस्था गर्न सकेको बताए । नेपालले ६७ सय किमीको ब्रोडव्याण्ड कनेक्टिभिटीको व्यवस्था गर्नुपर्नेमा सरकारले कुनै चासो पनि नदिएको भन्दै आफूले पेश गरेको खर्च कटौतीको प्रस्ताव फिर्ता नलिने बताए । 

देशभर फोरजी सेवाका लागि ६३ सय वटा टावर बनाउनुपर्नेमा २१ सय वटा टावर बनाउन सरकारले केही पनि गरेको तथा डिजिटल नेपालका लागि ८ वटा सेक्टरमा ८० वटा गतिविधि गर्नुपर्नेमा सो काम पनि सरकारले गर्न नसकेको बास्कोटाको भनाई थियो । यस्तै डिजिटल डिभाइटका लागि केही नगरेको, सब मरिन केबलमा पनि सरकारले कुनै चासो नराखेको तथा अर्थमन्त्री र मन्त्रालयको प्राथमिकता बाझिएको बास्कोटाको भनाई छ । 

भिडियो :



प्रतिक्रिया



थप समाचारहरु