बाँस्कोटा भन्छन् ‘नेपालमा राजतन्त्र भूत भइसक्यो’


मेचीकाली

काभ्रे-प्रतिनिधि सभा सदस्य एवं पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले नेपालमा राजतन्त्र भूत भइसकेको बताएका छन् । उनले १८ वर्ष अगाडि नै राजतन्त्रको भविष्य क्लोज भइसकेको बताए । ‘नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन ।’–बाँस्कोटाले भने । 

प्रेस चौतारी नेपाल काभ्रे शाखाले आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदनप्रदानकार्यक्रममा बाँस्कोटाले नेपालमा राजतन्त्रको च्याप्टर आज भन्दा १८ वर्ष अगाडि क्लोज भइसकेकोले अब इतिहासको पान्ना पछाडि नफर्किने बताए । नेपाल लोकतन्त्रको राजमार्गमा आफ्ना कमजोरी र त्यसका बलिया कुराहरुलाई थप व्यवस्थित, परिमार्जित र दृढ निश्चयका साथ नेपाली समाजलाई अगाडि बढाउन दृढता पूर्वक लागिरहेछ,’ बाँस्कोटाले भने । 

नेपाली प्रेसले पनि लोकतन्त्रमा मात्रै पत्रकारिताको जीवनको स्वतन्त्रता, सार्थकता र उसको भविष्यको सुनिश्चितता हुन्छ भन्ने कुरा गम्भीरतापूर्वक आत्मसाथ गरेको छ भन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।  

कार्यक्रममा स्वर्गिय पत्रकार रेखबहादुर रखालको परिवारलाई २३ हजार ६०५ रुपैयाँ नगद सहयोग गरिएको थियो । रखालका भाइ मोहन रखाललाई बाँस्कोटाले सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रम प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु