एमसीसी उपाध्यक्ष नेपाल आउँदै


मेचीकाली

काठमाडौं–अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष क्यामरन एस. अलफोर्ड तीन दिने भ्रमणमा आज नेपाल आउँदैछन् ।

 एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख उनी भदौ १३ गते अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै बेलुकी काठमाडौं आइपुग्ने कार्यक्रम छ । क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउने कार्यक्रम तय भइसकेको छ । 

उनले अमेरिकी सहयोगमा सञ्चालित एमसीसी, अरु अमेरिकी सहयोगका परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ । क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ । उनी भदौ १५ मा कतार हुँदै अमेरिका फर्कने छन् ।


प्रतिक्रिया



थप समाचारहरु