'टुरिष्ट' उम्मेदवार हुमागाईं, जसले आफैलाई मतदान गर्दैनन्


मेचीकाली

बनेपा-नेपाली कांग्रेसबाट काभ्रे प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार शिवप्रसाद हुमागाईले आफैलाई भोट हाल्न नपाउँने भएका छन् । 

हरेक निर्वाचनमा निर्वाचन क्षेत्र  परिर्वतन गर्दै उम्मेदवार बन्दै आएका शिवप्रसाद हुमागाईले आसन्न मंसीर ४ गते हुने निर्वाचनमा आफ्नो मतदाता रहेको निर्वाचन क्षेत्र भन्दा फरक क्षेत्रबाट उम्मेदवार बनेपछि उनले आफैलाई मत खसल्नबाट बञ्चित हुनु पर्ने भएको हो । 

हुमागाई प्रतिनिधिसभा क्षेत्र नम्बर १ पनौती ९ सुन्थानका स्थानीय हुन् । हाल उनी आफ्नो मत अधिकार रहेको क्षेत्र छाडेर प्रतिनिधिसभा २ मा उम्मेदवार बनेका छन् । २०५६ सालमा र २०६४ सालको निर्वाचनमा पनि हुमागाईले निर्वाचन क्षेत्र परिर्वतन गरेर उम्मेदवार बनेका थिए भने २०७० सालको निर्वाचनमा आफ्नै मतदान गर्न मिल्ने भुगोलबाट उम्मेदवार बनेका थिए । हुमागाइले पार्टीका केन्द्रीय सदस्य मधुप्रसाद आचार्यको टिकट खोसेर आफ्नो नाममा टिकट ल्याएका थिए । अहिले कतिपय मतदाताहरुले हुमागाईलाई पर्यटक उम्मेदवारका रुपमा लिने गरेका छन् । 

प्रतिक्रिया



थप समाचारहरु