मोबाइलमा अल्झिएको सरकारलाई बाँस्कोटाको सुझाव, ‘सरल ढंगले मलको प्रबन्ध गर पहिला’


मेचीकाली

काभ्रे–नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काभ्रे क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले किसानलाई सरल ढंगले मल उपलव्ध गराउन माग गरेका छन् । 

हिजो काभ्रेका विभिन्न पालिकामा केही किलो मलका लागि किसानहरु दिनभर लाइन बस्न बाध्य भएका थिए । दुई बर्षदेखि किसानले मलका लागि सास्ती बेहोरिरहेको भन्दै बाँस्कोटाले अन्य विषयमा अल्झिनुको साटो सरल ढंगले मल पाउने व्यवस्था गर्न माग गरेका हुन् । 

बाँस्कोटाले सामाजिक सञ्जाल फेसकुबमा लेखेका छन्, ‘किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भैसक्यो।तर  नयां सरकारको पछ्यौरी मोबाईल सेटमा अल्झे जस्तो छ । एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने हो कति ल्याउने नल्याउने कोटा तोक्ने व्यवस्था गरेको छैन । त्यो सरकारको कुरा हो । मल चाहियो मल किसानलाई, त्यो सरल ढंगले पाउने प्रबन्ध गर पहिला ।’

नेपाल दूरसञ्चार प्राधिकरणले हिजोदेखि मोबाइल डिभाइस मेनेजमेन्ट सिष्टम अर्थात एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको थियो । अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्राधिकरण पछि हटेपछि बाँस्कोटाले सरकारको पछ्यौरी मोबाइल सेटमा अल्झिएको उल्लेख गरेका हुन् । 



प्रतिक्रिया



थप समाचारहरु