'फर्जी विद्यार्थी' भर्ना गरेपछि काभ्रे क्याम्पसमा ताला


मेचीकाली

बनेपा-काभ्रे बहुमुखी क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेको भन्दै तीन विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।


लामो समयपछि आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नितान्त विद्यार्थीहरुको निम्ति भएको तर क्याम्पसमा गलत नियतले फर्जी विद्यार्थी भर्ना भएको उनीहरुको आरोप छ । त्यस्ता शंकास्पद गतिविधि भएको भन्दै एमाले निकट अनेरास्ववियु, नेकपा एस निकट अनेरास्ववियू र राप्रपा निकट राप्रवि संघले क्याम्पसको लेखा शाखामा तालाबन्दी गरेका हुन् ।


अनेरास्ववियुका अध्यक्ष प्रमेश पौडेल, अनेरास्ववियूका सचिव प्रदीप न्यौपाने र राप्रवि संघका अध्यक्ष विशराम घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै तीन संगठनका प्रतिनिधिसहित निर्वाचन समितिको अनुरोधमा ताला खुलाउने जानकारी गराएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु