चीनसँग ऋण नलिने सञ्चारमन्त्रीको प्रष्टोक्ति


मेचीकाली

काभ्रे– सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चीन सरकारसँग ऋण नलिने प््ष्ट पारेका छन् । उनले चिनले अघि सारेको बिआरआई अन्तर्गत अनुदान पाए लिने तर ऋण भने नलिने बताए ।

काभ्रेपलाञ्चोकबाट सञ्चालित मदानी बिट डटकमको प्रथम बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रधानमन्त्रीको भीन भ्रमणको क्रममा कुनै ठूला योजनामा सम्झौता नहुने पनि बताए । बिआरआईबारे गहन अध्ययन गरेरमात्रै यसबारे निर्णय हुने उनले बताए । 

मन्त्री गुरुङले सञ्चार माध्यमहरुको नियमनलाई व्यवस्थित बनाउनका लागि मिडिया काउन्सिल बिधयेक, सामाजिक सञ्जाल प्रयोग, सञ्चालन र नियमन बिधयेक र साइबर सेक्यूरिटी क्राइम सम्बन्धी ऐन ल्याउन लागेको पनि बताए । मन्त्री गुरुङले प्रेस काउन्सिलमार्फत सञ्चारमाध्यमहरुको नियमन भइरहेपनि त्यो अपर्याप्त भएकोले मिडिया काउन्सिललाई स्वायत्त संस्थाको रुपमा विकास गर्नका लागि मिडिया काउन्सिल बिधयेक ल्याउन लागिएको जानकारी दिए । मिडिया काउन्सिल बिधयेक संसदीय समितिमा छलफलमा रहेकोले आउने हिउँदे अधिवेशनमा पास गर्ने तयारी भईरहेको मन्त्री गुरुङको भनाई छ । 

वर्तमान सरकारले ठुलो परिवर्तन भएको देखिने गरी कुनै काम नगरेको बताउँदै पुराना बिग्रेका साना÷साना कुराहरुलाई सुधार गर्नेतर्फ सरकारले काम अघि बढाएको उनले बताए । 

कार्यक्रममा मदानी विट मिडिया प्रालीका अध्यक्ष मोतीराम तिमल्सिनाले पहिलो वर्ष मदानी विट डटकमले नागरिक प्रति निर्वाह गरेको जिम्मेवार पत्रकारिताका साथै राज्यले दिएका अधिकारमा नागरिकहरुले उपभोग गर्दा आई परेका चुनौती र समस्याका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सम्पादक श्याम सापकोटाले स्वागत मन्तब्य राखेका थिए । 


प्रतिक्रिया



थप समाचारहरु