पनौती एमालेको अध्यक्षमा पुन: सुरेश हुमागाईं निर्वाचित


मेचीकाली

पनौती- नेकपा एमाले पनौती नगर कमिटीको अध्यक्षमा पुनः सुरेशप्रसाद हुमागाईं निर्वाचित भएका छन् । गएराती सम्पन्न मतदानबाट हुमागाईंको प्यानल नै निराचित भएको हो । हुमागाईंले ९२ मत पाउँदा अर्का उम्मेद्वार किशोर थापाले ५७ मत पाए ।

अनेरास्ववियु काभ्रेको पूर्व अध्यक्ष, प्रेस चौतारी नेपालको संस्थापक अध्यक्ष रहेका हुमागाईं पनौती नगर कमिटी अध्यक्षमा लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका सौगात वस्नेतले भने उम्मेदवारी फिर्ता लिए ।

उपाध्यक्षमा सन्तोष केसीे ९२ मत ल्याएर विजयी हँदा अर्का उम्मेदवार जंगबहादुर जंगमले ४२ र मनिकलाल श्रेष्ठले १० मत पाए । सचिवमा शिवराम आचार्य ९९ मत ल्याएर विजयी भए । सचिवका अर्का उम्मेदवार  राजेन्द्र थापाले ४६ मत पाए ।

उपसचिवमा शिवनारायण घुलुले ९६ मत ल्याएर विजयी हुँदा सन्तोष राउतले ३५ मत मात्रै पाए । उपसचिव महिलामा उमा थापाले ९६ मत ल्याएर विजयी हुँदा कल्पना विश्वकर्माले ५१ मत पाइन् ।

पनौतीको संगठित सदस्यको आधारमा २८ जना, भुगोलको आधारमा २४ जना गरेर ५२ सदस्य चयन भएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु