राजनीतिक र कानूनी 'सुवास' छरेर अस्ताए नेम्वाङ


मेचीकाली

-होमप्रसाद चौंलागाँईं

नेपाली बामपन्थी राजनितिका मुर्धन्य व्यक्तित्व सुवासचन्द्र नेम्वाङको जन्म इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो । नेम्वाङ विसं २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष÷सभामुख र २०७२ सालमा सभामुख भएका थिए । 

विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य भए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ  कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए ।

विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसायी (वरिष्ठ अधिवक्ता) रहेका उनले पञ्चायती निरङ्कुशता विरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्द परेका थिए । प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा सात महिना जेल परेका थिए ।

इलाम नगरपालिका–७ सुन्तलाबारीमा वि.सं. २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए । उनी एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७५ बाट नेकपा स्थायी कमिटी सदस्य बनेका थिए । त्यसैगरि २०४८ देखि हालसम्म लगातार सांसद रहेका छन् । बिए र बिएल गरेका नेम्वाङ प्राध्यापन, कानून व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाका हुन् । उनी प्राध्यापक संघमा पनि सक्रिय थिए भने उनी नेपाल बार एसोसिएसनको महासचिव पनि भए । राज्यबाट उनलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त छ । गणेशमानसिंह प्रतिष्ठानले उनलाई गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गरेको छ ।

२०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ लोकप्रीय मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्यूनिष्ट सरकारको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसक्नुभएको छ । नेकपा एमालेको उपाध्यक्ष र संसदीय दलका उप नेता रहेका नेम्वाङ सांसद्देखि संविधानसभा सभासदमा इलामबाट निर्वाचित हुनुभएको थियो ।

अध्ययन र समाजसेवामा उहाँको रुचि छ । उहाँका दुई छोरा र दुई छोरी छन् । अघिल्लो निर्वाचन पछि जनतालाई पु¥याएको सेवा र जनता सँगको निकट संबन्धले आफूलाई विजयी बनाएको ठान्ने सुवासचन्द्र नेम्वाङ संविधानसभामा सङ्घीय एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहने बताउनुहुन्छ ।

कार्यपालिका र व्यवस्थापिकाको शक्ति–प्रभाव न्यायालयमा सेट गर्ने पात्रमा सबैभन्दा अगाडि देखिन्छन् । संविधानसभाका अध्यक्ष एवं विघटित प्रतिनिधिसभाका सांसद सुवासचन्द्र नेम्बाङ । ०५१ देखि नबिराई सांसद चुनिएका नेम्बाङले आफ्नो ल फर्ममा काम गर्ने करिब एक दर्जनलाई उच्च अदालत र सर्वोच्च अदालतको न्यायाधीशमा पु¥याएका छन् । त्यसमध्ये केही अवकाश पाइसके भने धेरैजसो पदमै छन् ।   

नेम्बाङ, भरतराज उप्रेती, वैद्यनाथ उपाध्यायसहितको टिमले पायोनियर ल एसोसिएट्स चलाएको थियो । ०६४ र ०७० को दुवै संविधानसभामा नेम्बाङ अध्यक्ष थिए । ०४८ मा पुनरावेदन अदालतबाट न्यायालयमा छिरेका उपाध्याय ०६७ मा सर्वोच्चको न्यायाधीश बन्न सफल भएका थिए, जतिखेर नेम्बाङ संविधानसभाको अध्यक्षमा आसीन थिए ।

मृदुभाषी, सकारात्मक कुरा बुझिने गरी र नकारात्मक कुरा नबुझिने गरी भन्ने उहाँको शैली सबैलाई मन पर्ने खालको थियो । उहाँले कसैलाई पनि नबिझाउने व्यक्तिको रुपमा परिचय बनाउने प्रयास गर्नुभयो । कानुन व्यवसायी पृष्ठभूमि र विद्यार्थी कालदेखि नै अनेरास्ववियुको कार्यकर्ता अनि विद्यार्थी कालपछि नेपाल कम्युनिस्ट पार्टी माले र पछि एमालेको राजनीतिक नेतृत्वमा निरन्तर संलग्न रहँदै आउनुभएको कारणले २०४८ सालको आमनिर्वाचनपछि उहाँ एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य हुनुभयो । त्यसपछि न्याय राज्यमन्त्री हुनुभएकोमा राज्यमन्त्री न्यायपरिषद्को बैठकमा बस्न नपाउने प्राविधिक अप्ठ्यारो परेको कारणले केही दिनपछि नै उहाँलाई न्यायमन्त्रीको रुपमा नियुक्त गरिएको थियो ।

यसरी विभिन्न समयमा नेपालको राजनितिमा प्रभावशाली व्यक्तित्वको रुपमा उदीयमान नेतृत्वको एकाविहानै सुन्नु परेको दुःखद खबरले सिंगो देश रोइरहेको छ । होइन क िभन्ने लाग्ने र नभइदिउ हुन्थ्यो भन्ने प्रार्थनाका स्वरहरु सुन्न थालियो । तर के गर्नु जे नहुनु थियो त्यो भैसकेको थियो । 

नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अस्पताल नपुग्दै मृत्यु भइसकेको चिकित्सकले बताएका छन् । नेम्वाङलाई मंगलबार बिहान १ः५० बजे अस्पताल पु¥याइएको थियो। परिवारका सदस्य र सहयोगीले उनलाई अस्पतालको आकस्मिक कक्षमा पु¥याइएका थिए । 

नेम्वाङको ‘उपचार’मा संलग्न १ जना चिकित्सकका अनुसार आकस्मिक कक्षमा पु¥याइँदासम्म नेम्वाङ जीवित रहेको कुनै संकेत थिएन । यद्यपि मुटुको चाल फर्किन्छ कि भनेर सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरिएको थियो । 

विहान ‘१ः५० बजेतिर अस्पताल ल्याइएको थियो । आकस्मिक कक्षमा जीवित रहेको कुनै साइन नै नभए पनि हामीले मुटुको चाल फर्कन्छ कि भनेर सीपीआर गरेका थियौं । नभएपछि कन्फर्म डेथ डिक्लेयर गरेका हौं,’ ती चिकित्सकले नेपाल लाइभसँग भने । 

उहाँ केवल एउटा पार्टी विशेषको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो । उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्किरहने छ ।” राजजनीतिमा खासै चासो नभएको बताउनेहरु समेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । देशको विभिन्न चोक, चिया दोकान तथा भेग र बस्तीहरुमा भनिरहेको सुनिन्छ– “म धेरै राजनीति त जान्दिनँ तर उहाँको ब्यक्तित्वबाट प्रभावित थिएँ । एकाबिहानैको दुःखद खबरले स्तब्ध भएँ ।”

मृत्यु प्रायः अकल्पनीय र अस्वभाविकै प्रक्रिया हो । जे नहुनु भइसकेपछि जतिबेलै शोकमा डुबिरहनपनि सकिन्न र हुन्नपनि । शोकलाई शक्तिमा बदल्ने प्रयाश गर्नु पर्दछ । उप्रान्त, उनले गरेका राम्रा कामहरुको अनुकरण गरिनु पर्दछ । त्यतिले मात्रपनि पुग्दैन । उनको जीवनमा पूरा हुन नसकेका र गर्न बाँकी रहको कामहरु पूरा गर्ने प्रतिवद्धता सहितको अग्रसरताचाहिं खास अर्थमा उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । हार्दिक श्रद्धासुमन क. सुवाश, परिवार एवं सिंगो देशरुपी आफन्तजनमा गहिरो समवेदना !

प्रतिक्रिया



थप समाचारहरु