एमाले रोशी १२ को अध्यक्षमा प्रतिभा रायमाझी


मेचीकाली

भीमखोरी (काभ्रे) -पुर्व राज्यमन्त्री एवं नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य रेशम लामाले देश विकासका लागि एमालेले जित्नुपर्ने बताएका छन् । नेकपा एमाले रोशी गाउँपालिका वडा नम्बर १२ को प्रथम वडा अधिवेशनलाई सम्बोधन गर्दै लामाले यस्तो बताएका छन् । 

अहिले नक्कली गठबन्धन गरेर एमालेलाई घेराबन्दी गर्ने प्रयास भइरहेको भन्दै लामाले त्यो धेरै दिन नटिक्ने दाबी पनि गरेका छन् । आगामी निर्वाचनमा जनताको अपार मायाले एमाले फेरी नेतृत्वमा आउने र देश विकास एमालेले नै गर्ने उनको दाबी थियो । कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दिलिप तामाङ, जिल्ला कमिटी सदस्य घनश्याम तामाङ, एमाले नेता देवसागर लामा लगायतले नेकपा एमालेले गरेका कामहरु र आगामी योजनाका बारेमा चर्चा गरेका थिए ।

अधिवेशनले नेकपा एमाले रोशी गाउँपालिका वडा नम्बर १२ को अध्यक्षमा प्रतिभा रायमाझीलाई चयन गरेको छ । उपाध्यक्षमा असलमान भोम्जन, सचिव दिनेश मैनाली र उप–सचिवमा राजु रायमाझी र अर्जुन रायमाझी चयन भएका छन् । यस्तै सञ्चलाल स्याङतानको अध्यक्षतामा युवा संघ वडा कमिटी समेत गठन गरिएको छ । यस्तै नरवहादुर मैनालीको अध्यक्षतामा सल्लाहकार कमिटी पनि चयन गरिएको छ । 



प्रतिक्रिया



थप समाचारहरु