एमालेको संकल्प यात्रा : आज मण्डनमा विशाल जनसभा


मेचीकाली

काभ्रे–सुदूरपश्चिमबाट शुरु भएको एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा आज काभ्रेमा विशाल जनसभा हुँदैछ । 

आज दिउँसो काभ्रेको मण्डन देउपुर नगरपालिकाको कुन्तावेशीमा काभ्रे र सिन्धुपाल्चोकको संयुक्त सभा हुन लागेको हो । एमालेको यात्रा हिजो बागमति प्रदेश प्रवेश गरेको थियो । हिजो गोरखाबाट धादिङको सल्यानटार हुँदै यात्रा नुवाकोटको बट्टार पुगेको थियो । नुवाकोट मध्यपहाडी लोकमार्गको मध्यबिन्दु हो । एक हजार आठसय ७९ किलोमिटर लामो लोकमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शुरु भएको महापहाडी राजमार्ग केन्द्रित यात्रा मध्यबिन्दु पार गरी गएराति पौने १० बजे नुवाकोटको बट्टार पुगेको थियो । बट्टार पुग्नेबित्तिकै एमालेले राति नै आमसभा गरेको थियो । 

आज सिन्धुपाल्चोकको मेलम्ची हुँदै काभ्रे प्रवेश गर्ने एमालेको टोली बेलुका धुलिखेलमा बास बस्ने कार्यक्रम रहेको छ । बैतडीबाट डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, रुकुम, गुल्मी, बाग्लुङ, कास्की, लमजुङ, गोरखा, धादिङ हुँदै एमालेको यात्रा अघि बढेको थियो । ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ भन्ने नारासहित शुरु भएको यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिने छ ।


प्रतिक्रिया



थप समाचारहरु