एमाले बनेपाको अध्यक्षमा नवराज मानन्धर निर्वाचित


मेचीकाली

बनेपा-नेकपा एमाले बनेपा नगर कमिटिको अध्यक्षमा नवराज मानन्धर निर्वाचित भएका छन् । 

गएराती सम्पन्न अधिवेशनले मानन्धरको नेतृत्वमा नगर कमिटि निर्वाचित गरेको हो । महिला उपसचिव र नगर कमिटी सदस्यहरू निर्विरोध निर्वाचित भए पनि अध्यक्ष, उपाध्यक्ष, सहसचिव र खुला उपसचिवमा मतदान भएको थियो । अध्यक्षका लागि मानन्धरसहित रामशरण दाहाल र साधुराम दाहाल प्रतिष्पर्धामा थिए । 

नगर कमिटिको उपाध्यक्षमा शिव थापा निर्वाचित भए भने सचिवमा पवनकुमार केसी र उपसचिवमा बिक्रम प्रजापती निर्वाचित भएका छन् । महिला उपसचिवमा नारायणी शर्मा निर्विरोध निर्वाचित भइन् ।

अधिवेशनको उद्घाटन एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले गरेका थिए ।


प्रतिक्रिया



थप समाचारहरु