मंसिर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव


मेचीकाली

 काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार  थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको  उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिनुभएको छ ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको  बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया



थप समाचारहरु

 

न्यूयोर्कमा ओली–मोदी भेट

 

प्रधानमन्त्री ओली दोहामा