वडा-वडामा एमाले काभ्रेको तीन महिने ‘जरा अभियान’


मेचीकाली

काभ्रेपलाञ्चोक– नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटिले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन ८४’ अन्र्तगत तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियान सञ्चालन गरेको छ ।

जिल्ला पार्टी अध्यक्ष राजन भूर्तेलको अध्यक्षतामा माघ २० गते बनेपामा भएको जिल्ला कमिटिको चौथो बैठकले एमालेलाई आगामी निर्वाचनमा निर्णयक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न तीन महिने वडा केन्द्रित कार्यक्रम ‘जरा अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रिय कमिटि, प्रदेश कमिटिको निर्देशन बमोजिम जिल्ला पार्टी कमिटिले जिल्लाका १३ वटै स्थानीय तहको १३५ वटै वडामा तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियान २०८१ सञ्चालन गरेको जिल्ला कमिटि सचिव राजकुमार सापकोटाले जानकारी दिनुभयो । उहाँले अभियान अन्र्तगत मुख्य रुपमा सदस्यता नवीकरण, विस्तार, सङ्गठन निर्माण प्रशिक्षण, अनर्तक्रिया, घरदैलो भेटघाट, जनसंवाद, जनताका समस्या सङ्कलन, सामाजिक सञ्जाल, डिजिटल सञ्चार अभियान सञ्चालन हुने बताउनुभयो । 

अभियानमा ‘पुराना जगाउँ, नयाँ बढाउँ’ अन्र्तगत पार्टी जीवन सुदृढ पार्नका लागि नियमित बैठक आयोजना गर्ने, तीन महिनामा पालिका र वडामा कम्तिमा तीन वटा बैठक आयोजना गर्ने, आफ्नो तहको कमिटिको बार्षिक कार्ययोजना बनाएर लागु गर्नेलगायतको काम हुनेछ । ‘पुराना जगाउँ, नयाँ बढाउँ’ अन्र्तगत नै सदस्यता नवीकरण र विस्तारमा हालको संख्यामा दोब्बर पु¥याउने लक्ष्यका साथ कम्तिमा वडामा मतदाता संख्याको न्यूनतम ३ प्रतिशत पु¥याउने, फागुन र चैतमा २०८२ को नवीकरणको काम सक्ने, नवीकरणको काम सबै अनलाइनमा अपडेट गरिसक्ने उल्लेख छ ।

अभियान अन्र्तगत अन्र्तविरोध हटाउने सद्भावना बढाउनका लागि स्थानीय तहका पार्टीभित्र रहेका अन्र्तबिरोधहरुको समस्याको पहिचान गर्ने, पालिका, वडा र टोल अधिवेशनहरु पालिका कमिटिको अधिवेशन फागुन महिनाभित्र र वडा र टोल कमिटिको चैत महिनाभित्र अधिवेशन  सम्पन्न गरिसक्नुपर्नेछ ।

अभियान अन्र्तगत जनतासँग जनसंगठन, युवा नेतृत्व विकासको काम, बैचारिक राजनीतिक कामहरु, पार्टीविरुद्ध लगाइएका झटो आरोपको प्रतिवाद, पार्टी कार्यालय सञ्चालन सम्बन्धी काम, विकास निर्माण तथा जनसरोकारका काम सञ्चालन गरिनेछ । 

अभियानमा अन्तर वडा, टोल स्तरीय खेलकुद प्रतियोगिताहरु, डढेँलो नियन्त्रणका लागि जनचेतनामूलक सडक नाटकहरुलगायतका रचनात्मक कार्य गर्ने, २०८२ बैशाख १० गतेभित्र वडाको प्रतिवेदन पालिकामा, पालिकाको प्रतिवेदन २०८२ बैशाख १५ भित्र जिल्ला कमिटिमा पठाउनुपर्ने, तीन महिने अभियानमा राम्रो काम गर्ने पालिकालाई जिल्लाले र वडालाई पालिका कमिटिले सम्मान तथा पुस्कृत गर्ने उल्लेख छ । 




प्रतिक्रिया



थप समाचारहरु