धुलिखेल-राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटीको सातौं नगर अधिबेशन यहि मिति २०८१ चैत २३ गते शनिबारका दिन हुने भएको छ ।
अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले गर्नेछन् । अधिवेशनको उद्घाटन अघि करिब एक हजार जनाको सहभागितामा ३०० वटा मोटरसाइकलको र्याली निकालिनेछ ।
अधिवेशनमा विभिन्न १० बिधामा उत्कृष्ट युवाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष आनन्द सागर योगल श्रेष्ठले जानकारी दिए । यस्तै राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगरका पुर्ब अध्यक्षहरु पनि सम्मानित हुने छन् ।
कार्यक्रममा विभिन्न कलाकार हरुको सांस्कृतिक प्रस्तुति रहनेछ । कार्यक्रम धुलिखेल पार्टी प्यालेसमा हुनेछ ।