पाँचखालमा ७ सय भन्दा बढीको निःशुल्क आँखा परिक्षण


मेचीकाली

पाँचखाल–पाँचखाल नगरपालिकाका ७ सय भन्दा बढी नागरिकको निःशुल्क आँखा परिक्षण गरिएको छ । 

आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था र पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा नगरका सबै वडामा ३ दिनसम्म मोतिविन्दुको निःशुल्क स्क्रिनिङ शिविर गरिएको थियो । माघ २, ३ र ४ गते सञ्चालन गरिएको स्क्रिनिङ शिविरबाट ७ सय भन्दा बढीको आँखा परिक्षण गरिएको र लगभग १ सय ५० जनाको मोतिविन्दुको शल्यक्रिया गनुपर्ने देखिएको छ । 

निःशुल्क शिविरमा आँखा सम्बन्धी समस्या पहिचान भएका विरामीहरुको निःशुल्क अप्रेशनको व्यवस्था गरिएको छ । साकोसका अध्यक्ष बाबुकाजी पराजुलीले शिविरसँगै सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको जानकारी दिएका छन् । 

आर्थिक विकास मित्र साकोस बनेपा सेवा केन्द्र प्रमुख प्रभुराम कोइरालाले शल्यक्रिया गर्नुपर्नेहरुका लागि भोली माघ ५ गते प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया हुने जानकारी दिएका छन् । नगरपालिकाका ११ वटा स्थानमा शिविर सञ्चालन गरिएको कोइरालाले जानकारी दिए । शिविरका लागि माट्रिका आई सेन्टर नयाँ वानेश्वर काठमाडौंले प्राविधिक सहयोग गरेको छ ।


प्रतिक्रिया



थप समाचारहरु