काभ्रे बारको अध्यक्षमा हरिशरण दाहाल निर्वाचित


मेचीकाली

धुलिखेल–नेपाल बार एसोसिएसन काभ्रेको अध्यक्षमा हरिशरण दाहाल निर्वाचित भएका छन् । 

आज भएको निर्वाचनबाट जयराम थापालाई एक मतको अन्तरले पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल १ सय १५ मत खसेकोमा दाहालले ५८ र थापाले ५७ मत पाए । 

दाहाललाई एमाले, माओवादी, बैद्य समुह तथा नेपाली काँग्रेसको विद्रोही समुहले समर्थन गरेको थियो ।  थापालाई समाजवादी, नेपाली कांग्रेसको एउटा समुहका कानून ब्यवसायीहरुले समर्थन गरेका थिए । केहि स्वतन्त्र कानून ब्यवसायीहरु दुबै तर्फ विभाजन भएका थिए । दाहालको समुहबाट नेपाली काँग्रेस निकट निरोजप्रसाद नेपाल उपाध्यक्षमा निर्वाचित भए । यस्तै सचिवमा दाहाल समूहकै नारायणध्वज तामाङ, कोषाध्यक्ष मुकुन्द मुनाकर्मी, सह सचिव लालतारा अधिकारी निर्वाचित भएका छन् । सदस्यहरुमा दाहाल समूहका दिपेन्द्र दनुवार, सुरेशकुमार केसी, राजेन्द्र पण्डित, सुविस्ता जोशी, सुरज तिमल्सिना, उमा थापा निर्वाचित भए भने थापा समूहका महेन्द्र थिङ र रमिता मानन्धर निर्वाचित भएका छन् । 

पार्षदमा विजयभक्त श्रेष्ठ, कुमारप्रसाद भट्टराई, श्यामकृष्ण खत्री, खुवनाथ दुलाल, रामप्रसाद मानन्धर निर्वाचित भए । अर्को एक पार्षदमा दाहाल समूहका फडिन्द्र कार्की र थापा समूहका राजु केसीको बराबर मत आएपछि दुबैले आधा आधा कार्यकाल बाँड्ने सहमति भएको छ । 


प्रतिक्रिया



थप समाचारहरु

 

भालचन्द्र माविको भवन उद्घाटन