काभ्रे : बाढी-पहिरोमा पुरिएर कम्तीमा १० जनाको ज्यान गयो


मेचीकाली

काभ्रे–हिजोदेखि परिरहेको अबिरल वर्षाका कारण काभ्रेमा कम्तीमा दश जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार चार बालबालिकासहित दश  जनाको  मृत्यु भएको पुष्टि भएको छ । अन्य केही व्यक्तिको मृत्यु भएको खबर आए पनि आधिकारिक पुष्टि हुन सकेको छैन । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले पहिरोका कारण जिल्लामा तीन जना बालक, एक बालिका, तीन जना पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी दिइन् । प्रहरीका अनुसार पहिरोका कारण बनेपा नगरपालिका–१० मा एक जना बालक, वडा नम्बर–१४ मा दुई जना, धुलिखेल नगरपालिकाको वडा नम्बर–१० र ११ मा एक÷एक जना पुरुषको मृत्यु भएको छ । यस्तै जिल्लाको पनौती नगरपालिका– ४ मा एक जना बालक, वडा नम्बर– १२ मा एक महिला, नमोबुद्ध नगरपालिका–२ मा एक बालक र एक बालिका र जिल्लाको भुम्लु गाउँपालिका– ८ मा एक पुरुषको पहिरोका कारण मृत्यु भएको छ ।

पहिरोमा परी पाँच जना महिला, नौ जना पुरुष, एक जना बालक र एक जना बालिका गरी १६ जना घाईते भएका छन् । पहिरोमा परी सात जना महिला, तीन जना पुरुष र तीन जना बालिका बेपत्ता भएका छन् । अविरल वर्षासँग आएको बाढी र पहिरोमा फसेकामध्ये छ जना महिला, आठ जना पुरुष, एक बालक र  एक बालिकाको उद्धारा गरिएको प्रहरीले जनाएको छ । 



प्रतिक्रिया



थप समाचारहरु