वैदेशिक रोजगारीमा गएकालाई टेलिमेडिसिन सेवा दिने तयारी


मेचीकाली

काठमाडौँ । बैदेशिक रोजगार बोर्डको सचिबालयले विदेशमा अप्ठ्यारोमा परेका स्वास्थ्य जटिलतामा रहेका नेपाली कामदारहरुलाई लक्षित गरेर टेलिमेटिसिन सेवा सुरु गर्ने तयारी गरेको छ । बिदेशमा समस्यामा रहेका नेपालीहरुलाई स्वास्थ्य परामर्श सेवा दिई उपचारमा सहयोग गर्ने उद्देश्यका साथ सेवा सुचारुको तयारी गरिएको हो ।


बोर्डका सुचना अधिकारी राजन पौडेलले टेलिमेडिसिन सेवा सुरु गर्ने अन्तिम चरणमा रहेको बताए । ‘टेलिमेडिसियन सेवा प्रभावकारी हुन सक्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘अभ्यासको रुपमा हामीले सुरु गर्दैछौँ । अहिलेको समय अनुसार यो उपयुक्त पनि हुने देखिन्छ । यसलाई हामीले समय अनुसार परिमार्जन समेत गर्दै जानेछौँ । बिर अस्पताल संगको समन्वयमा केहि दिनमै हामीले सेवा सुरु गछौँ ।’ चालु आर्थिक बर्षमा बार्डले टेलिमेडिसिन सेवा सञ्चालनको लागि १५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।


बुधबार सञ्चारकर्मीहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रममा पौडेलले बैदेशिक रोजगारको क्रममा देखिएका समस्याहरुको समाधान गर्नको लागि कल सेन्टर समेत स्थापना गर्ने, उद्दार तथा राहतको व्यवस्था गर्ने जस्ता कार्यहरु अघि बढाइरहेको बताएका छन् ।


कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा.द्धारिका उप्रेतीले युवा पुस्तालाई स्वदेशमै रोजगार प्रदान गर्नको लागि उद्यमशिलता तालिम, वित्तिय साक्षरता, मनोसामाजिवक परामर्श सेवा, सीप तालिम, वस्तुगत सहायता, सहुलियत व्याजदरमा कर्जाका लागि सहजिकरण गर्ने जस्ता कार्यक्रमहरु अघि बढाइरहेको समेत बताए ।


साथै चालु आर्थिक बर्षमा ४ हजार ७ सय जनालाई सिटिइभिटीबाट रोजगारमुलक सिपको लागि विभिन्न कलेजहरु संग सम्झौता एवम् समन्वय गरिएको समेत उनले बताए ।


साथै उनले बैदेशिक रोजगारको बिषयलाई लिएर परामर्श गर्ने, स्थानीय तह मार्फत नागरिक स्तरमा सचेतना अपनाउने जस्ता कार्यहरु समेत गरीरहेको उनले बताए ।

प्रतिक्रिया



थप समाचारहरु

 

पलाञ्चोकमा साँढे बोका छाड्न रोक