हट्यो अन्योल, धुलिखेलमा खानेपानी आउने पक्का (सम्झौतापत्रसहित)


मेचीकाली

काभ्रे–केही समययताको अन्योल र बजार हल्लालाई चिर्दै धुलिखेलमा अवरुद्ध खानेपानी सेवा सुचारु हुने निश्चित भएको छ । 

पनौती १२ बाट धुलिखेल ल्याइएको खानेपानी आयोजना सुचारु गर्न आज सहमति भएको हो । सहमतिपत्रमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जू, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, पनौतीकी उपप्रमुख गीता बन्जारा, धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णभुषण खोजू श्रेष्ठ र पनौती नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष जयराम केसीले हस्ताक्षर गरेका छन् । 

सम्झौतापत्रमा धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिवाट तत्कालै स्रोत क्षेत्रमा क्षति भएकोमा उक्त खानेपानीको निर्माण कार्य थालनी गर्ने र धुलिखेलवासीलाई दीर्घकालिन खानेपानीको व्यवस्था मिलाउन पूर्वाधार निर्माण गर्ने र हाललाई अस्थायी संरचना निर्माण गरी तत्कालिन खानेपानीको समस्या समाधान गर्न कार्य गर्ने उल्लेख छ । यस्तै पनौती नगरपालिकाको भौतिक संरचना अत्याधिक क्षति भएको सन्दर्भमा खानेपानिको पुनःनिर्माणको लागि धुलिखेल नगरपालिका, पनौती नगरपालिका तथा धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संयुक्त प्रयासमा आवश्यक आर्थिक तथा भौतिक साझेदारी गरी तत्कालको लागि पनौतीको खानेपानीको समस्या समाधान गर्न पहल गर्ने सहमति पनि भएको छ । यस्तै तत्काल पनौती नगरपालिकाको वजार क्षेत्रमा खानेपानीको आपुर्ति लाई ध्यानमा राखी खानेपानीको श्रोत व्यवस्थापन अर्को व्यवस्थापन नहुन्जेल सम्मको लागि पनौती नगरपालिका वडा नं. १२ को बैर महादेव मुलडोलको स्रोत बाट पनौती बजार लाई खानेपानीको स्रोतको व्यवस्था गर्ने, काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको स्रोत पनौती नगरपालिका वडा नं. १२ वैर महादेवको स्रोत एकिकृत खानेपानी आयोजना सम्पन्न हुँदा वैर महादेव मुलडोलको स्रोत एकिकृतमै समाहित गर्ने । ५. पनौती नगरपालिका बडा नं १२ को कलाति भुमिडाँडा एकिकृत खानेपानी उपभोक्ता समितिको एक घर एक धारा अभियानृचाई धुलिखेल खानेपानी उपभोक्ता समितिबाट निर्माण गरिदिने सम्झौतापत्रमा उल्लेख छ । 

गत असोज १०–१२ गते आएको भारी वर्षा र बाढीले धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समिति द्वारा संचालित खानेपानी आयोजनाको पनौती नगरपालिका वडा नं. १२ को सप्तकन्या मुलबाट सहमति भई खानेपानी ल्याइ सेवा संचालन गर्दै आएकोमा वर्षादको कारणले पाईप लाइन र संरचना क्षति भएको थियो । क्षति भएका संरचनाको पुननिर्माण लगायतका विषयमा धुलिखेल र पनौतीबीच विवाद भएका विवरणहरु यसअघि सार्वजनिक भएका थिए । 

सहमतिपत्र यस्तो छ


प्रतिक्रिया



थप समाचारहरु