सङ्गीतकर्मी संघ काभ्रेको अध्यक्षमा पुनः अमरकृष्ण


Mechikali

काभ्रे – काभ्रेको बनेपामा सम्पन्न राष्ट्रिय सङ्गीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले अमरकृष्ण चन्दलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । संघको बरिष्ठ उपाध्यक्षमा सविता ढुंगाना, उपाध्यक्ष शर्मिला लामा थिङ, सचिव मधु लामा, सह सचिव अनिशा तामाङ, कोषाध्यक्ष केदार न्यौपाने, सह कोषाध्यक्ष विनिता सिंजाली मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा अशोक दाहाल, भगवान खत्री, सन्तोष तामाङ, शुभद्रा ढंगाना, पुजन धिताल, सुन्दरी तामाङ निर्वाचित भएका छन् ।
कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले कला साहित्यले समाज परिवर्तनमा उल्लेख्य योगदान पु¥याएको बताउँदै स्थानी तह, प्रदेश र संघ तिनैवाटा सरकारले कलाक्षेत्रको विकासको लागि निति नै बनाएर सहयोग गर्नुपर्ने धारणा राखे । आफू पनि कलाकारिता अनि साहित्यमा निकै समय सक्रिय रहेको स्मरण गराउँदै कोभिडको महामारीको समयभित्र बाह्रवटा कथा लेखेको बताए । उनले आफू र धुलिखेल नगरपालिकाबाट कलाकारलाई सम्मान गर्दै आएको र निरन्तर गरिरहने बताउँदै कलाकारहरुको लागि आफूले सक्ने सहयोग सधैं गरिरहने प्रतिवद्धता जनाएका थिए । मेयर व्याञ्जुले कलाकारहरु कै लागि चाँडै नै धुलिखेलमा एकेडेमी बनाउन लागेको बताए ।
कार्यक्रममा विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले काभ्रे जिल्लामा चलचित्र छायाँकनको मुख्य हब बनाउने योजना रहेको बताए । दाहालले काभ्रे जिल्लाभित्र चलचित्रका लागि स्टुडियो बनाउने समेत बताए । उनले चाँडै नै चलचित्र क्षेत्रको विकासका लागि काभ्रेका पालिकाहरुलाई समट्दै वृहत कार्यशाला गर्न लागेको जानकारी दिए । कार्यक्रममा संस्थाका पूर्व केन्द्रिय अध्यक्ष रेशम थापाले कलाकारहरु एक भई हक अधिकारका लागि लागिपर्नुपर्ने अवस्था आएको बताए । यस्तै वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले गीत संगीतमा उत्ताउलो छाडा प्रवृतिको न्युनिकरण गर्दै चेतनामुलक, समाजलाई सन्देश दिने गीत संगीत सिर्जना गर्नुपर्ने धारणा राखे । केन्द्रिय वरिष्ठ उपाध्यक्ष नमराज ढुंगानाले संगीत बिकास बोर्डको आवश्यकता औंल्याए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष चर्चित निर्देशक दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय महासचिव एवम् कलाकार, चलचित्र निर्माता बिक्रमजंग शाहलाई सम्मान गरिएको थियो । संघका जिल्ला अध्यक्ष अमरकृष्ण चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव दिनेश लामाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सविता ढुंगानाले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
संघले प्रदेश तथा जिल्ला अधिबेशन सम्पन्न गर्न तालिका नै बनाएर अघि बढेको छ । केहि जिल्ला तथा प्रदेशहरुको अधिवेशन सकाइसकेको संघले जिल्ला अधिवेशन सम्पन्न गरी यहि माग ३ गते बाग्मति प्रदेशको अधिवेशन काठमाण्डौमा गर्ने संघका केन्द्रीय महासचिव विक्रमजंग शाहले जानकारी दिएका छन् । संघको महाधिवेशन भने चैतको २८ गतेदेखि हुने भएको छ ।

प्रतिक्रिया



थप समाचारहरु