शरद टप ६ मा पुगे, टप ५ का लागि मतदान भोलि २ बजेसम्म गर्न सकिने


मेचीकाली

कुशादेवी/यतिबेला सांगेतिक क्षेत्रमा काभ्रेपलाञ्चोकका २२ वर्षिय केटोले हंगामा मञ्चाइ रहेका छन । उनी हुन, शदर हुमागाई । जिल्लाको पनौती २ कुशादेवीका हुमागाईले  विश्वका ५२ देशबाट छनौट भएका प्रतिस्पिर्धिहरु संग प्रतिस्पर्दा गर्दै मेरो भ्वाईस युर्निभसमा टप ६ मा आइपुगेका छन ।

मेरो भ्वाईस युर्निभसमा ६ औँ स्थान पक्का बनाएका उनलाई आगामी यात्राका लागि मतदान गर्नु पर्ने हुन्छ । शरद गीत संगीतमा मात्र नभई पढाइ र खेलकुदमा पनि उत्तिकै राम्रो मानिन्छन् । उनले लिलावती नेशनल एकेडेमीबाट आफ्नो प्रारम्भीक शिक्षा प्राप्त गरे र उनी त्यहांको एउटा नमुना विद्यार्थीको रुपमा परिचित छन् । उनी अहिले बनेपामा रहेको एउटा कलेजमा विसिएको पाँचौँ समेस्टर मा अध्ययन गरिरहेका छन् । शरद त्यहाको उत्कृष्ट विद्यार्थी पनि हुन् ।

संघर्षलाई सधैँ आत्मसाथ गर्दै आएका शरदले  गित संगितका कुनै कक्षा लिएका थिएनन । तर यतिबेला उनको आवाजले धमका मच्चाउँदा सबै काभ्रेलीको शिर उच्च भएको छ । टप ६ सम्म आइपुगेका हुमागाई मेरो भ्वाईस युर्निभसमा जिताउँनका लागि भोट गर्नु पर्ने हुन्छ । उनलाई टप ५ मा पुर्याउँन भोली आइतबार दिउसो २ बजे सम्म भोट गर्नु पर्ने हुन्छ । जसका लागि प्ले स्टोरबाट MY Intra एप डाउनलोड गर्न सकिन्छ वा उल्लेखित लिङ्कबाट पनि गर्न सकिन्छ ।

https://merovoice.myintraapp.com/ https://merovoice.myintrapp.com/

प्रतिक्रिया



थप समाचारहरु