रामहरि न्यौपानेले ल्याए 'गाउँमा मेरो घर' (भिडियोसहित)


मेचीकाली

आधुनिक र शास्त्रीय संगीतमा जमेका गायक एवं संगीतकार रामहरि न्यौपाने लोकदोहोरी क्षेत्रमा पनि उत्तिकै सक्रिय हुन थालेका छन् । त्यसैको फलस्वरुप उनको नयाँ काँठे लोकदोहोरी गीत सार्वजनिक भएको छ । न्यौपानेको नयाँ काठे लोकदोहोरी गित " गाउँमा मेरो घर" बोलको गित ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ।

गाउँ घरको कथा बिषयबस्तुलाई गित मार्फत गायन गरिएको यो गितलाई  रामहरी न्यौपानेले सिर्जना गर्नुभएको छ। गितको लय न्यौपाने स्वयंले लेखेका हुन भने न्यौपाने संगै श्याम कुमार राना र सावित्री रानाले स्वर भरेका छन। गितलाई एरेन्ज बिष्णु तामाङ, रेकर्डिङ सागर पुन र शंकरा डिजिटलमा रेकर्ड गरिएको हो।

भिडियोमा मोडल करिष्मा ढकाल, श्याम कुमार राना, रामहरी न्यौपाने लगायतको उपस्तिथि रहेको छ। गाउँमा मेरो घर मर्ने चोलाको छैन कुनै भर बोलको गितलाई प्रविण थापाले निर्देशन गरेका हुन भने गित माघ १९ गतेका दिन रिलिज भएको हो। काठे भाकामा रहेको यो गितले गाउँको कथा र गाउँको मायालाई प्रस्तुत गरेको सर्जक न्यौपानेले बताए।

भिडियो

प्रतिक्रिया



थप समाचारहरु