सरु र विनायक को ’क्यारम तनी’ सार्वजनिक


Mechikali

काठमाडौं- गायीका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको ‘क्यारम तनी’ बोलको गीत सार्वजनिक भएको छ । सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कंडेल, उत्तम के. सी र नारायण बहादुर पाण्डेको अभिनय रहेको छ । गीतको शब्दरसंगीत भिम बि. सि., एरेन्ज पुष्कर सुनवार र मिक्सिङरमास्टरिङ दिपकराज विश्वकर्माको रहेको छ ।
देवेन्द्र पान्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहाल, सम्पादनरकलर विकास दाहाल, प्रोडक्सन मेनेजर दिपेन गौतम (माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुरर नन्दा अधिकारी र प्रचार संयोजक सन्तोष डिजाइनले गरेका छन् । गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो हेर्नुहोस ।


प्रतिक्रिया



थप समाचारहरु