बहुमुखी प्रतिभाका धनी : वाइपी घिमिरे


मेचीकाली

काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका गेल्डुङ्ग निवासी वाइपी घिमिरे कलाकारिता क्षेत्रमा बहुमुखी प्रतिभा भएका उदयमान युवा हुन् । 

विद्यार्थी जिवनमा चाडपर्व र बिद्यालय कार्यक्रम बिशेषहरुमा नाटक र स्टेज प्रोग्राममा हास्यब्यङ्ग्य र गायनमा अब्बल वाइपी घिमिरेले दाइजो, बाटो पर्खेर, पापिदाइ, बुहारीको पीडा, सम्बन्ध लगायतका दर्जनौं टेलिशिरियलमा अभिनय गरिसकेका छन् । 

टेलिशिरियल मात्रै नभइ ठूलो पर्दाका फिल्महरुमा समेत अभिनय गरिसकेका घिमिरेले ज्यान भुतुक्कै पार्यो, झम्के फुलि लगायत आधा दर्जन म्युजिक भिडियो प्रस्तुति दिसकेका छन् भने मादल, हार्मोनियम, तबला लगायत  संगीतका साधन बजाउने सीप समेत छ ।

लाइभ दोहोरी कार्यक्रमहरुमा अहिले प्रायःजसो ब्यत रहने बहुमुखी प्रतिभा भएका घिमिरे नेपाल लोक दोहोरी संघ काभ्रेको सचिब र नेपाल सास्कृतिक संघ काभ्रेका अध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया



थप समाचारहरु

 

जनक बुढाथोकीका आठ मुक्तक