भदौ १८ गते ‘बनेपा म्युजिक फेस्टिभल’ हुने


मेचीकाली

बनेपा – मञ्जुश्री फाउण्डेशनको आयोजनामा बनेपामा पहिलो पटक ‘बनेपा म्युजिक फेस्टिभल’ हुने भएको छ ।

फर्मस कर्पोरेशनको सहयोगमा आगामी भदौ १८ गते बनेपाको लायकुमा हुने म्युजिक फेस्टिभलमा स्थानीय म्युजिकल ब्याण्डसँगै राष्ट्रियस्तरका म्युजिकल ब्याण्डहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

उक्त फेस्टिभलमा “द एड्ज ब्याण्ड“, “द अल्केमिस्ट“, “ए.एस.एम.“ र “फन्क फु“ लगाएतका म्युजिकल ब्याण्डको प्रस्तुति रहनेछ । 

बनेपामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने र बनेपाको लायकु दरबारको व्यवस्थित रूपमा सदूपयोग गर्न सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको फेस्टिभलमा करीब २ हजार श्रोताहरूको सहभागी रहने अपेक्षा लिएको आयोजकले जनाएको छ ।

स्थानीय क्षेत्रमा प्रोजेक्ट गरिरहेका युवाहरूलाई उर्जा भर्न समेत सहयोग पुग्ने अपेक्षा लिएर गर्न लागिएको फेस्टिभलका लागि सहभागी हुन इच्छुकले टिकट संसारबाट आफ्नो टिकेट बुकिङ्ग गर्न सक्नेछ ।

बनेपा म्युजिक फेस्टिभल आगामी भदौ १८ गते शनिवार दिउँसो १ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया



थप समाचारहरु

 

जनक बुढाथोकीका आठ मुक्तक