मेलिना र लोकको 'बेरुवाको औंठी'


मेचीकाली

काठमाडौं– गायन संगै अभिनय मार्फत दर्शक सोर्ताको मन जित्त्दै आएका गायक प्रकाश सपुत र चर्चित नायिका आँचल शर्मा  अभिनित 'बेरुवाको औंठी' म्युजिक भिडियो सार्वजनिक भएको छ।  

लोक फ्लेवरको यस गीतमा चर्चित गायिका मेलिना राई र अमेरिका निवासी गायक लोक पौडेलको रहेको छ। गीतमा  दिपक शर्माको शब्द, संगीत रहेको छ।  नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन्।  

अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा  पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ।  बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो।  मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।


भिडियो 


प्रतिक्रिया



थप समाचारहरु