सरिताको दोस्रो गीत ‘दशैं आयो, तिहार आयो’ सार्वजनिक (भिडियोसहित)


मेचीकाली

बनेपा–काभ्रेकी उदयीमान कलाकार सरिता सापकोटाको नयाँ गीत ‘दशैं आयो तिहार आयो’ सार्वजनिक भएको छ । 

आइतबार युट्युव च्यानल फाइभ स्टार्समार्फत सापकोटाको गीत सार्वजनिक भएको छ । गीतमा परदेशी नेपाली र स्वदेशमा रहेका उनीहरुको परिवारको पीडा समेटिएको छ । सापकोटाले लेखेको गीतमा उनीसहित सञ्जय बडालले स्वर दिएका छन् भने संगीत  मनोज चौलागाईंको रहेको छ । 

गीतको म्युजिक भिडियो शशिबिक्रम थापाले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा योगेश कार्की, आशिका केसी, आवाज थापा, रुबी दंगाल, जगदीश अधिकारी र आश्था गौतमले अभिनय गरेका छन् । गीतकार एवं गायिका सापकोटाको यो दोस्रो सांगीतिक कोशेली हो । यसअघि उनको रचना तथा प्रताप दासको स्वरमा रहेको तिम्रो तस्वीर बोलको गीत गत सातामात्रै सार्वजनिक भएको थियो । 

भिडियो :



प्रतिक्रिया



थप समाचारहरु