जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता


मेचीकाली

काठमाडौँ – नेपाल चलचित्र निर्देशक समाजले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिताको घोषणा गरेको छ । निर्देशक समाज र युनडीपीद्धारा जारी सूचनाअनुसार फिल्मले जात व्यवस्था उन्मुलन सम्बन्धी विषयलाई ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्नेछ । 

‘फिल्मले जात प्रथा र यो प्रथा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जात प्रथा उन्मुलन सम्बन्धी विद्यमान कानुनलाई लागु गर्न प्रेरित गर्ने हुनुपर्छ,’ युएडीपीद्धारा जारी सूचनामा भनिएको छ । प्रतियोगितामा हरकोही प्रतियोगीले सहभागी हुन पाउनेछन् । भिडियोको प्राविधिक गुणस्तर १०८० सम्म हुनुपर्ने र मोबाइलले खिचेका फिल्म पनि प्रतियोगितामा स्वीकार गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा अभिनय गरेका फिल्म, एनिमेसन, भ्वाइस ओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्य मात्रै पनि सहभागी हुनसक्नेछन् । तर सामुदायिका भावनालाई चोट पुर्याउने वा आरोपित गर्ने भिडियोलाई भने प्रतियोगितामा प्रोत्साहित गर्न नसकिने सूचनामा उल्लेख छ । इच्छुक सहभागीले आउँदो डिसेम्बर महिनाको १० तारिखसम्म भिडियो निर्धारित ठेगानामा पठाइसक्नुपर्नेछ । यसरी प्राप्त भिडियोलाई सामाजिक सञ्जालमा देखिएको प्रभाव र  ३ सदस्यीय निर्णायकले समितिको मूल्यांकनमा आधारमा विजेता घोषणा गरिनेछ । सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत गरी उत्कृष्ट तीन फिल्म छनौट हुनेछन् । प्राप्त भिडियो युएनडीपीको पेजमा राखिने र यहाँ राखिएका फिल्मले पाउने दर्शक, अन्तक्र्रिया र प्रभावका आधारमा मूल्यांकन हुने युनडीपीले जनाएको छ । 

प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैँया, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले  ५० हजार रुपैँया प्राप्त गर्नेछन् । 






प्रतिक्रिया



थप समाचारहरु