बनेपामा एक पुरुष मृत अवस्थामा फेला


Mechikali

बनेपा– काभ्रेको बनेपा नगरपालिका– ७ तरकारी बजारमा एक पुरुष मृत फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बनेपाका अनुसार आईतबार बिहान तरकारी बजारभित्र रहेको जस्ताको टहरोभित्र अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जनाएको छ । मृत फेला परेका पुरुष विगत केही वर्षदेखि बनेपामा कार्टुन टिप्ने तथा भारी बोक्ने काम गर्दै आएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार मृतक पुरुषलाई गिरी दाई नामले चिनिने गरेको बताएपनि इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइराले मृतक पुरुषको नाम भने नखुलेको जानकारी दिए ।

मृतकसँगै बस्ने साथीले राती २ बजेतिर खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा उनी मृत अवस्थामा भेटिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक कोइरालाले बताए ।

प्रतिक्रिया



थप समाचारहरु