विपी राजमार्गमा आफैं पल्टिएको मोटरसाइकललाई बसको ठक्कर, एकजनाको मृत्यु


मेचीकाली

काभ्रे– विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका ११ डालावेशीमा भएको दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । 

हाज बिहान १० बज काठमाण्डौबाट सिन्धुली तर्फ जादै गरेको बा.प्र.०२–०२४ प ४०९२ नं. को मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएको थियो । सोहि दिशाबाट आउँदै गरेको बा ४ ख ७५१८ नं. को बसले ब्रेक लगाउने क्रममा बसको पछाडिको भागको बाँया साईडको चक्काले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेकी काठमाडौं महानगरपालिका ११ की ६१ वर्षीया विन्दा गिरी घाइते भएकी थिइने ।

 उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा परी विन्दाका श्रीमान मोटरसाइकल चालक ६१ वर्षका ज्ञानराज गिरी घाइते भएका छन् । उनको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु