कुशादेवीमा पराल बोकेको मिनिट्रक खस्दा २ जनाको मृत्यु


मेचीकाली

काभ्रे-काभ्रेको पनौती नगरपालिका वडा नं २ कुशादेवीमा आज दिउँसो मिनिट्रक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

 दिउँसो २:१० बजे कुशादेवीबाट नयाँगाउँतर्फ जादै गरेको बा.४ ख.६७२३ पराल लोड निसान गाडी पनौती-२ छिनाभन्ज्याङमा ब्रेक फेल भई सडक बाट ६०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी निशान चालक चालक पनौती २ कुशादेवी बस्ने बर्ष ४० को रविन आचार्य र बेथानचोक २ बस्ने बर्ष ५० को शिवबिक्रम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा परी बेथानचोक २ बस्ने बर्ष ४५ की सारदा तिमल्सिना गम्भीर घाइते भएकी छन् । टाउको, घाँटीमा, दुवै हात खुट्टामा चोट लागेकी उनको उपचार जारी रहेको छ ।


प्रतिक्रिया



थप समाचारहरु