धुलिखेल– विपी राजमागअन्तर्गत धुलिखेल ११ पातलेखेतमा आज बिहान भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
बिहान ६ः१० बजे भकुन्डेबेशीबाट काठमाडांैतर्फ आउदै गरेको प्र१–०१–००१ च ८५९२ नं.को योद्दा गाडीले ठक्कर दिँदा धुलिखेल ११ पात्लेखेत बस्ने ५० वर्षका यमुना प्रसाद धिताल घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याएएकोमा बिहान ६ः५५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
प्रहरीले ठक्कर दिने गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।