बनेपा-भुकम्प पश्चात काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानीय तहमा काम गरिरहेको एकाउन्टबिलिटी ल्याब नेपालले बनेपा नगरपालिकामा युवा केन्द्रीत परियोजनाको समिक्षा, सामाजिक परिक्षण, सार्वजनकि सुनुवाई तथा हासिल गरेको उपलब्धीको बारेमा समिक्षा गरेको छ ।
बिहीबार बनेपामा जनप्रतिनिधी,संचारकर्मी,लक्षित युवा तथा नागरिक समाजका अगुवाको उपस्थितीमा सार्वजनिक सुनुवाई गरेको हो । एकाउन्टबिलिटी ल्याबका बनेपाका फ्रन्ट लाईन एक्टिभिक्ट्स केशवराज पौडेलले परियोजनाले गरेका कृयाकलाप, बजेट,उपलब्धीको बारेमा जानकारी गराउनुभएको थियो ।
सामाजिक अभियान्ता एवं युवालाई सिपमुलक तालिम संचालन गरिरहेका मोहनकृष्ण गजुरेलले युवासँग सम्बन्धित रहेर एकाउन्टबिलिटी ल्याबले संचालन गरेका कृयाकलाप र छलफलले युवामा स्थानीय तहसँग सूचना लिने, आफ्नो बारेमा बजेटको कार्यान्वयन कसरी भएको छ भनेर जिज्ञासा राख्न थालेको बताउनुभयो । उहाँले सिप र भाषा सिकेर विदेश जाने क्रम बढाउन र युवामा जिज्ञासु भावनाको विकास गराउन परियोजनाले भुमिका खेलेको आफूले पाएको बताउनुभयो ।
बरिष्ठ संचारकर्मी राजकुमार पराजुलीले आफूले काभ्रेमा एकाउन्टबिलिटी ल्याबले भुकम्पपछिदेखिनै काम गरेको जानकारी पाएको र पछिल्लो केही बर्षमा काभ्रेको बनेपामा लोकतन्त्रमा युवा सहभागिता परियोजनाले युवालाई समेटेर युवाका हक अधिकार स्थापित गराउन प्रयास गरेको स्मरण गर्नुभयो । उहाँले आफुपनि टाउन हल मिनीमिटिङमा सहभागीहुँदा युवाका धेरै ईस्यू बाहिर आएको र स्थानीय तहले पनि राम्रोसँग समन्वय गरेको पाएको र काभ्रेको बनेपासँगै अरु स्थानीय तहमा पनि स्थानान्तरण गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।
बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष बलराम अधिकारीले सूचनामा युवाको अवस्था के छ भनेर संस्थाले सर्भे गरेर नगरमा जानकारी गराएको, टाउन हल र मिनी मिटिङ मार्फत युवाको समस्याको बारेमा बनेपा नगरपालिकालाई पटक पटक जानकारी गराएको भन्दै यसले बनेपा नगरपालिकालाई सहयोग गरेको बताउनुभयो । एकाउन्टबिलिटी ल्याबकै सहयोगमा बनेपाको युवा परिषद् ऐन र कार्यविधि लेखनमा सहयोग भएको बताउनुभयो । उहाँले यसले समग्र युवाको निती बनाउन नगरलाई सहयोग पुगेको उहाँले उल्लेख गर्नुभयो ।