धुलिखेल-काभ्रेको सदरमुकाम धुलिखेलमा रहेको धुलिखेल अस्पताल र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा. बीच उपचार सेवामा शुल्क छुट दिने विषयको सम्झौतामा हस्ताक्षर भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं.3 गढिमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरको उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा. काभ्रे र धुलिखेल अस्पताल काभ्रे बीच सशस्त्र प्रहरी बल नेपालका बहालवाला तथा अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारी तथा निजका आश्रित परिवारहरु र वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलव्ध गराउने सम्बन्धी सम्झौता पत्रमा दुबै पक्ष वीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, नेपाल नं.१५ गण हे.क्वा. काभ्रेका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाई र धुलिखेल अस्पतालको तर्फबाट प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्यले हस्ताक्षर गर्नुभएको थियो । सेवा लिनका लागि सम्झौता बमोजिम सशस्त्र प्रहरीबाट प्रमाणित भएका कागजातहरु पेस गर्नुपर्ने नं. १५ गणका सुचना अधिकारी डि.एस.पि. लिला बहादुर कार्कीले बताउनु भएको छ ।
उक्त सम्झौता पश्चात उपचारको विभिन्न शिर्षकमा निम्न बमोजिमका सेवाहरुमा छुट सुविधाहरु प्राप्त गर्नेछन् ।
|
सि.नं. |
सेवाहरु |
सहुलियत प्रतिशत |
|
1. |
OPD CARD |
20% |
|
2. |
RADIOLOGY(X-RAY,USG,MRI,CT SCAN) |
20% |
|
3. |
सबै प्रकारका OT |
10% |
|
4. |
औषधी खरिद |
5% |
|
5. |
LAB TEST |
10% |
|
6. |
ECO,ECG,ANGIOGRAPHY,ANGIOPLASTY |
10% |
|
7. |
ENDOSCOPY,ERCP,COLONOSCOPY |
10% |
|
8. |
GYNAE,ENT,OPTHALMOLOGY |
10% |
|
9. |
GENERAL BED |
20% |
|
10. |
OTHERS BED |
10% |